मध्यविन्दुको मुसहर बस्तीमा  धारा जडान भएपछि स्थानीय खुसी

  • नवलपुर आज
  • २०८१ भाद्र ९, आईतबार (५ महिना अघि)
  • ३४६ पटक पढिएको
मध्यविन्दुको मुसहर बस्तीमा  धारा जडान भएपछि स्थानीय खुसी

प्रकाश रेग्मी , मध्यविन्दु ।    नवलपुरको मध्यविन्दु नगरपालिका –१२ का मोनिका मुसहरको घरमा पहिलो पटक खानेपानीको धारा पुगेको छ । सधैँ खोला, इनार र ट्युबवेलको पानी पिउँदै आउनुभएका सोनिकाको परिवारले यस वर्षदेखि धाराको सफा र स्वच्छ पानी खान सुरू गरेको बताउँदै नगरपालिकालाई धन्यवाद समेत दिनु भयो । घरमै धारा जडान भएर धाराको पानी खान पाउँदा आफू खुशी भएको उहाँको  भनाइ छ ।

गाउँमा खानेपानी योजना निर्माण भएर धारा जडान भएपछि मोनिका मात्र हैन, त्यस गाउँका सबै नागरिक खुसी छन् । मध्यविन्दु –१२ मा अवस्थित माझी, मुसहर र बोटे समुदायको ६० घरमा धारा जडान गरिएको छ ।  ६० घरपरिवार एकै कुवामा पानी खान वाध्य थियौ । खोलाको छेउमा पालो कुर्दा कुर्दा समय जान्ने गर्यो । अझ सफा  पानी पाइन्छ पाइदैन भन्ने आशा हुदैन् थियो । अहिले सजिलै काम गर्न देखि खानका लागी पानी पाइएको छौ, स्थानीय मनिता मुसहरले बताउनु भयो ।
यहाँ बसोबास गर्ने तीन सय ५० जना नागरिक प्रत्यक्ष रुपमा लाभान्वित भएको नगरपालिकाले जनाएको छ ।  उपभोक्ता समितिका अध्यक्ष डिलबहादुर मुसहरले खानेपानी आयोजना सञ्चालनमा आएपछि सफा पानी खान पाउँदा धेरै खुसी लागेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले शुद्ध बोरिङबाट आएको पानी खाने गरेका छौ । लामो समयसम्म यहाँका बासिन्दा शुद्ध खानेपानीबाट वञ्चित भएका थिए । खोला, इनार र ट्युबवेलको पानी खाँदै आएको अवस्थामा नगरपालिकाले मुसहर बस्तीमा धारा जडान गरिदिएपछि अहिले घरमै आएको धारामा सफा पानी खान पाएका छौँ ।”
नगरप्रमुख भीमलाल अधिकारीले नगरपालिका भित्र रहेका नागरिकले शुद्ध खानेपानीबाट बञ्चित हुन नपरोस् भनी मुसहर वस्तीमा धारा जडान गरिएको बताउनुभयो । चार लाख ७४ हजार पाँचसय ७३ को लागतमा ट्याङ्की निर्माण गरिएको उहाँले बताउनुभयो । जसमा नगरपालिकाबाट चार लाख, जनसहभागिताबाट २० हजार, जनश्रमदानबाट ५४ हजार ५७३ लगानीबाट मुसहर टोल खानेपानी विस्तारको आयोजनामार्फत खानेपानी ट्याङ्की निर्माण गरी मुसहर बस्तीमा धारा जडान गरिएको बताउनुभयो ।
गाउँमा रहेका अति विपन्न परिवारका लागि खानेपानी उपभोक्ता समिति स्थापना भएको छ धाराको पानी खान थालेपछी शारीरिक स्वस्थता समेत बढ्ने उहाँले बताउनुभयो । यसअघि नगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा गरेको छ । पालिका र नागरिक आवाज संस्थाको सहयोगमा     मध्यविन्दुका १८६ घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गरिएको हो ।
अधिकारीले आर्थिक तथा सामाजिक रुपमा पछाडि परेको माझी मुसहर र बोटे समुदायका सदस्यले रकम अभावमा स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले निःशुल्क स्वास्थ्य बिमा गरिएको बताउनुभयो ।
कार्यक्रममा नगर प्रवक्ता एवं वडा नम्बर १० का वडा अध्यक्ष रणबहादुर थापाले हामी सधै नागरिकको गुनासो सम्बोधन गर्ने गरी कार्य गरिरहेका छौ । सबै मिलेर काम गरे अवश्य बिकास हुने बताउँदै यस समुदायका सबै नागरिकहरु एक जुट भएर बस्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा पुर्व संसद चन्द्रमणि खराल, जनकलाल क्षष्ठ , वडा सदस्यहरु चेत बहादुर सिंजाली , सरिता कुमाल, अरुणखोला खानेपानी संस्थाका अध्यक्ष कृष्ण भट्टाइ , जनता माध्यमिक बिद्यालय मङगलचौरका अध्यक्ष मेघ राज पाण्डे , सरस्वाती नमुना आधारभुत विद्यालयका प्रह जनक पोख्रेल लागएत सामाजिक राजनितिक व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस