नवलपुरको छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुई जना घाईते

नवलपुरको छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुई जना घाईते

कावासोती ।  नवलपुरको दुई छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा परेर दुई जना घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार आज साँझ पाँच बजेतिर बिनयी त्रिवेणी दुई कुमालटार बस्ने वर्ष–४१ की धनमाया सारु (छिमेकी धनमाया सोमै सँग) घर नजिकैरहेको जंगलमा च्याउ टिपी फर्कने क्रममा भिरबाट लडेर घाईते भएकी हुन् । उनको भई मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा सामान्य उपचार पश्चात थप उपचारको लागि सराकारी अस्पताल भरतपुर चितवन पठाएको प्रहरीले जनाएको छ ।
यसैगरी आज साँझ ७ बजेतिरकै समयमा बुलिङटार ६ घाँसी स्थित भित्री सडक खण्डमा कौडेबाट घाँसी तर्फ आउदै गरेको ग १ ज ७०४४ नम्बरको बलेरो जिपमा सवार सोही ठाउँ बस्ने वर्ष–१६ को दिपक नेपाली ओर्लने क्रममा लडेर घाईते भएको प्रहरीले जनाएको छ ।
उनको नारायणी सामुदायिक अस्पताल चितवनमा उपचारका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस