पिठौलीबाट किङ कोब्रा र अजिङगरको उद्धार

पिठौलीबाट किङ कोब्रा र अजिङगरको उद्धार

कावासोती । कावासोती १२ पिठौलीबाट अत्यन्तै विषालु र दुर्लभ मानिएको किङ कोब्रा ( राज गोमन ) र अजिङगरको उद्धार गरिएको छ ।
आज बेलुकीपख सोही ठाउँ निवासी अस्मिता बस्यालको गोठमा एक आपसमा लडिरहेको देखेपछि होहल्ला भएको थियो । स्थानीयको भिडभाड बढेको थियो ।
पछि सर्प उद्धारकर्ता प्रेम महतोलाई खबर गरेपछि दुई वटै सर्पको उद्धार गरिएको हो । उद्धारकर्ता महतोका अनुसार किङ कोब्राले अन्य सर्पलाई खाने गर्छ । अजिङगरलाई खान खोज्दा अजिङगरले पनि किङ कोब्रालाई बेरेर राखेको अवस्थामा उनीहरूको उद्धार गरिएको हो । अजिङगरले मज्जाले बेरेको हुनाले किङ कोब्राले खान नसकेको उहाँले बताउनुभयो ।
दुवै सर्प तीन फिट लम्काइ र ७ केजी आसपास रहेको उहाँले जानकारी दिनुभयो । आज साँझ परिसकेको हुँदा भोलि बिहान मात्रै उनीहरूलाई निकुञ्जमा छाड्ने उहाँले बताउनुभयो ।
किङ कोब्राले अजिङगरलाई टोकेको हुनाले लठिएको अवस्थामा रहेको उहाँले बताउनुभयो । अजिङगरको शरीरकमा विषले असर गरिसकेको उहाँको भनाई छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस