दाउन्नेमा भासिएको सडक मर्मत ,आज साँझसम्म सकिने

दाउन्नेमा भासिएको सडक मर्मत ,आज साँझसम्म सकिने

पूर्व पश्चिम राजमार्ग अन्तरगत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक मर्मतका लागि मङ्गलबार साँझसम्म सडक अवरुद्ध हुने भएको छ ।
नवलपुरको दाउन्नेमा सोमबार साँझपख सडक भासिँदा एकतर्फी रुपमा मात्रै यातायात सञ्चालन गरिएको थियो । भासिएको स्थानमा पहाडको भित्तो काटेर सडक फराकिलो बनाउनका लागि बिहानैदेखि  जेसिबीले काम सुरु गरेको छ ।
पाँच घण्टा सवारी  रोकेर मर्मतको काम सम्पन्न गर्ने भनिएपनि सडमा सवारीको लामो लाइन भएपछि व्यवस्थापनमा कठिनाइ भएर एक  एक एक घण्टामा सवारीलाई वारपार गराएर काम गरिएको  जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक वेद बहादुर पौडेलले बताउनुभयो ।  ‘पाँच घण्टामा काम सकेर सडक खुलाउने भनेका थियौँ तर सवारीको लाइन लामो भयो , व्यवस्थापनमा समस्या भयो , अर्कोतिर वर्षाको समयमा  दाउन्नेको पहाडमा लामो समय सवारी रोकेर राख्दा अन्य समस्या  निम्तने हो की भन्ने भएर , एक घण्टा सवारी रोकेर काम गर्ने , त्यसपछि सवारी पास गराउने गरेर काम गरिएकाले  बेलुकी छसात बजेसम्मै लाग्न सक्छ । ’ पौडेलले भन्नुभयो ।
विनयी त्रिवेणी गाउँपालिका – २ स्थित दाउन्ने बजारमा सडक भासिएको  हो ।
यसअघि पनि सोही स्थानमा सडक भासिएको थियो ।
अत्यावश्यक सवारी भने सञ्चालन भइरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस