नवलपुर । नवलपरासी पूर्व ( नवलपुरमा ) पर्ने नारायणी नदीमा डुबेर बेपत्ता भएका ८ वर्षका बालक मृत फेला परेका छन् ।
गैडाकट – ६ गैरी निवासी ८ वर्षका बालक युनिस नेपाली असार १२ गते साँझ नारायणी नदीमा डुवेर बेपत्ता भएका थिए । युनिस अन्य दुई जना साथीहरुसंगै घरबाट नजिकै रहको नारायाणी नदी किनारमा रहेको डुंगामा खेल्दै गर्दा चिप्लीएर नदीमा खसेर वेपत्ता भएका थिए ।
प्रहरीले खोजी कार्य जारी राखेको थियो
बालकको शव आज घटना स्थल भन्दा दुई किलोमिटर तल नदी किनारमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।