एसइइमा उत्कृष्ट नतिजा दिनेमा डण्डाको नवलपुर एकेडेमी जिल्ला प्रथम

  • नवलपुर आज
  • २०८१ अषाढ १५, शनिबार (१० महिना अघि)
  • १८४ पटक पढिएको
एसइइमा उत्कृष्ट नतिजा दिनेमा डण्डाको नवलपुर एकेडेमी जिल्ला प्रथम

नवलपुर । हालै प्रकाशित एसइइ परीक्षाको नतिजा अनुसार नवलपुरमा सातपृष्ठ नतिजा दिनेमा डण्डाको नवलपुर एकेडेमी प्रथम स्थानमा रहेको छ । शिक्षा विकास तथा समन्वय इकाइले जारी गरेको नतिजाको सूचना अनुसार कम्तिमा ५० जना विद्यार्थी सहभागि गराउने विद्यालय मध्य ९२ दशमलब ७३ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै डण्डाको नवलपुर एकेडेमी प्रथम स्थानमा रहेको छ ।
विद्यालयबाट ५५ जना विद्यार्थी एसइइमा सहभागि भएकोमा ५१ जना विद्यार्थी  उत्तीर्ण भएको विद्यालयका प्रिन्सिपल हरिहर अधिकारीले बताउनुभयो । उहाँका अनुसार विद्यालयबाट सहभागि विद्यार्थीले ३ दशमलब ८७ प्रतिशत सम्म जिपिए प्राप्त गरेका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई नवलपुरले उत्कृष्ट नतिजा दिने र धेरै जिपिए ल्याउने सामुदायिक र संस्थागत विद्यालयको नाम र विद्यार्थीको नाम सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक विद्यालयको नाम र विद्यार्थीले प्राप्त गरेको जिपिएमा कुनै फरक दाबी भए पेश गर्न समेत भनेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस