कावासोती । नवलपुरको मध्यविन्दु पाँचमा रहेको बाघखोर युवा क्लबले आज कार्य प्रगति प्रस्तुतिकरण तथा श्रष्टा सम्मान कार्यक्रम समपन्न गरेको छ ।
संस्थाका अध्यक्ष आदेश ज्ञवालिको अध्यक्षता तथा मध्यविन्दु नगरपालिका प्रमुख भिमलाल अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा वडा नम्बर पाँचका अध्यक्ष गणेश प्रसाद पाठक डिभिजनल वन अधिकृत वसन्त केशव अधिकारी , कोल्हुवा चौकि प्रमुख अमृत रानाभाटको आतिथ्यता तथा जनप्रतिनिधि , समाजसेवि , बुद्दिजिविहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा क्लवले गरेका हाल सम्ममका कार्यहरु नगरपालिकालाई प्रस्तुत गरिएको थियो । संस्थालाई पारदर्शी बनाई समाजमा सकारात्मक सन्देश दिनका लागि कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष ज्ञवालिले जानकारी दिनुभयो ।
कार्यक्रममा १२ जना श्रष्टाहरुलाई सम्मान समेत गरिएको थियो ।
यसैगरी क्लबले लागु औषध विरुद्धको सचेतना कार्यक्रम समेत सम्पन्न गरेको छ ।
कार्यक्रममा कोल्हुवा प्रहरी चौकिका प्रमुख प्रमुख अमृत रानाभाटले सहजिकरण गर्दै लागु औषद्य सेवनले पार्ने असर र यसलाई निरुत्साहित पार्न युवाहरुले गर्नुपर्ने भूमिका लगायतका बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा नागरिक आवाज संस्थाले समन्वय गरेको थियो । कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियो ।