कावासोती । कावासोती नगरपालिका स्तरीय नगर बाल सञ्जालको अध्यक्षमा एलिसा पन्थी चयन हुनुभएको छ ।
आज कावासोती नगरपालिकाको सभाहलमा आयोजना गरिएको नगर बाल सञ्जाल पुर्नगठन कार्यक्रमबाट पन्थीको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति चयन गरिएको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा शाखाकी रिता रिजालले जानकारी दिनुभयो ।
सञ्जालको उपाध्यक्षमा निवेश तिवारी , सचिवमा आशिष श्रेष्ठ , सहसचिवमा निश्चल पौडेल , कोषाध्यक्षमा आकृति महतो चयन हुनुभएको छ । सदस्यहरुमा प्रकृति अर्याल , कृषन्त चापगाईं , नवराज सुवेदी , गगन कार्की , किन्जल थापा , आशिका पोख्रेल सुवासना ढुगाना ,अञ्जना परियार , अभिषेक रिजाल , विन्दु खोजवार , सिमरन भण्डारी चयन हुनुभएको छ ।
उक्त कार्यक्रममा निबर्तमन कार्यसमितिको विदाई कार्यक्रम समेत गरिएको छ ।
बाल सञ्जालका अध्यक्ष मनिष न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख फूल कुमारी थनेत , निमित्त प्रमुख प्रशासकिय अधिकृत क्षेत्र बहादुर भण्डारी , शिक्षा शाखा अधिकृत राजन पाण्डे , महिला बालबालिका शाखा प्रम्ुख सुशिला तिमिल्सिना , कार्यपालिका सदस्यहरु ल्गायतको सहभागिता रहको थियो ।