कुशल नेतृत्वकता केशर कुुलालसंग अनुभव आदानप्रदान

कुशल नेतृत्वकता केशर कुुलालसंग अनुभव आदानप्रदान

कावासोती । कावासोतीका प्रधानाध्यापकहरूका लागि नेतृत्व विकास तालिम सम्पन्न कावासोती नगरपालिकाकामा रहेका शैक्षिक संस्थाका प्रधानाध्यापक तथा क्याम्पस प्रमुख हरुका लागि अनुभव आदानप्रदान कार्यक्रम मङ्गलवार कावासोतीमा भएको छ ।
कावासोती नगरपालिका शिक्षा , युवा, तथा खेलकुद शाखाको आयोजनामा भएको कार्यक्रममा बुढानीलकण्ठ स्कुलका प्रधानाध्यापक केशर कुुलालले आफ्नो ज्ञान सीप तथा अनुभवहरू बाँड्नुभएको हो । देशकै अब्बल स्कुलमा लामो समय नेतृत्व गर्नुभएका कुलाल एक कुशल नेतृत्वकर्ता , विज्ञ व्यक्तित्व रहनुभएको छ । उहाँले आफ्नो शैक्षिक संस्थामा गर्नुभएका नवीनतम तथा अनुकरणीय कार्यको अनुभव बटुल्दै ती अनुभवहरूलाई कावासोतीका विद्यालयहरूमा समेत अनुसरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नगर शिक्षा अधिकृत राजन पाण्डेले बताउनुभयो । प्रधानाध्यापकहरूलाई आफ्नो विद्यालय कसरी राम्रो गरौँ भन्ने हुटहुटी रहेको भन्दै उहाँले त्यस हुटहुटीलाई मेटाउनका लागि पनि यस कार्यक्रमले टेवा पुग्ने पाण्डेले बताउनुभयो । कार्यक्रममा आफ्ना अनुभव सुनाउनुहँदै प्रशिक्षक कुुलालले विद्यालय नेतृत्व, शैक्षिक गुणस्तर अभिवृद्धि, प्रभावकारी व्यवस्थापन तथा प्रधानाध्यापकको नेतृत्वदायी भूमिकाबारेमा जानकारी प्रदान गर्नुभयो । उहाँले विद्यालयको समग्र विकासका लागि दूरदर्शी नेतृत्व, टिमवर्क र उत्तरदायी व्यवस्थापन आवश्यक रहेकोमा जोड दिनुभयो । यस्तै अहिलेको अल्फा पुस्तालाई कसरी डिल गर्ने त भन्ने बारेमा उहाँले प्रष्ट पार्नुभयो । अहिलेको अल्फा पुस्तालाई स्क्रिन पुस्ताको संज्ञा दिदैँ उहाँले यी पुस्तामा माया भएपनि दया नभएको जिकिर गर्दै यस्ता पुस्तालाई विद्यालयमा अनुशासित राख्नका लागि चुनौति रहेको र ती चुनौतीलाई पार लगाउन जरुरी रहेको औँल्याउनुभएको थियो । नगर शिक्षा अधिकारी हेमचन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा कावासोती नगरपालिकाका नगर प्रमुख विष्णु प्रसाद भुसाल रहनुभएको थियो । श्रोत शिक्षक तीर्थ कंडेलले कार्यक्रममा सहजीकरण गर्नुभएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस