कावासोतीमा विज्ञान शिक्षक क्षमता विकास कार्यशाला

कावासोतीमा विज्ञान शिक्षक क्षमता विकास कार्यशाला

नवलपुर ।   ‘आविस्कार र उत्पादनको जग मेरो विद्यालय’ कार्यक्रम अन्तरगत कावासोती नगरपालिकाले विज्ञान शिक्षक क्षमता विकास कार्यशालाको आयोजना गरेको छ । शिक्षा युवा तथा खलेकुद महाशाखाको आयोजना तथा विज्ञान शिक्षक समितिको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो ।
चार दिनसम्म चल्ने कार्यशालाको सोमबार नगर प्रमुख विष्णु प्रसाद भुसालले उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा सामुदायिक , संस्थागत र विज्ञान विषय पढाई हुने तीन वटा क्याम्पस सहित नगरका ४० जना विज्ञान शिक्षकहरूको सहभागिता रहेको छ ।
देशलाई आत्मनिर्भरता बनाउनका लागि यस कार्यक्रमले टेवा पुग्ने, विश्वासका साथ कावासोतीबाट यो कार्यक्रम सुरु गरेको नगर शिक्षा अधिकृत राजन पाण्डेले जानकारी दिनु भयो । विद्यार्थीहरूलाई सानै उमेरदेखि प्रविधिको विकास र उत्पादनसँग जोडेर भविष्यमा आफ्नै देशमा केही गर्न सक्ने गरी तयार पार्नका लागि यस कार्यक्रमले सहयोग गर्ने उहाँको भनाई छ ।
नगर शिक्षा अधिकारी हेमचन्द्र पौडेलले विज्ञान शिक्षकको ज्ञान, सीप र शिक्षण विधिमा सुधार गरी कक्षा कोठामा प्रभावकारी तथा व्यवहारिक सिकाइ सुनिश्चित गरेर विद्यार्थीहरूलाई खोजअनुसन्धान तथा उत्पादनमुखी बनाउनु नै यस कार्यक्रमको उद्देश्य रहेकोमा जोड दिनु भयो । विद्यार्थीलाई सैद्धान्तिक ज्ञान मात्र नभई प्रयोग, अनुसन्धान, आविष्कार र साना उत्पादनतर्फ उन्मुख गराउन शिक्षकलाई सक्षम बनाउने र शिक्षक मार्फत विद्यार्थीहरू सक्षम बन्ने उहाँको भनाई थियो ।
तालिममा पाठ्यक्रम तथा मूल्याकंन विज्ञ मीना श्रेष्ठले सहजीकरण गर्नुभएको छ । उहाँले विद्यार्थीले विद्यालयमा सिकेको कुरालाई घरमा गएर व्यवहारिकता उतार्न सक्ने गरी सिकाइ प्रदान गर्नका लागि यस कार्यक्रमले टेवा पुग्ने बताउनु भयो । दुई दिनसम्मको कार्यतालिकामा आफूले क्रियाकलाप मार्फत सिकाइ प्रदान गर्दै विद्यार्थीहरूलाई साना साना कुराहरूबाट समेत शिक्षण सिकाइलाई प्रभावकारी बनाउन सकिन्छ भन्ने कुरा प्रदान गरेर जाने बताउनु भएको थियो ।
तेश्रो र चौथो दिनमा विज्ञान विषय सहजकर्ता तथा पाठ्यक्रम तथा मूल्याकंन विज्ञ केशर कुलालले सहजीकरण गर्नुहुने श्रोत शिक्षक तीर्थ कंडेलले जानकारी दिनु भयो ।
यसैबिच स्व व्यवस्थापन तथा सकारात्मक मनोविज्ञानका लागि सामाजिक भावनात्मक शिक्षा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सोमबारदेखिनै सुरु गरिएको छ ।
कावासोती शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा नै कार्यक्रम आयोजना तथा द स्कूल अफ ननभोइलेन्को सहआयोजनामा कार्यक्रम भएको हो ।
सोमबार मंगलबार दुइएदिनसम्म चल्ने कार्यक्रममा श्रीराम तिमिल्सिना र किरण भुर्तेलले सहजीकण गर्नुभएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस