प्राकृतिक चिकित्सा पद्धतिको महत्व बुझाउन अभियान सुरु

प्राकृतिक चिकित्सा पद्धतिको महत्व बुझाउन अभियान सुरु

नवलपुर ।  प्राकृतिक चिकित्सा पद्धतिको महत्व बुझाउन नवलपुरको देवचुली नगरपालिका र यहाँ रहेको सामुदायिक प्राकृतिक चिकित्सालय रजहर देशका ७५३ वटै स्थानीय तहमा पुग्ने भएको छ ।
यस अभियानमा देवुचली नगरपालिकाका प्रमुख हरि प्रसाद न्यौपाने आफैँ प्राकृतिक चिकित्सा पद्धतिको महत्तव बुझाउन खट्ने बताउनुभएको छ ।
‘‘सबैका लागि प्राकृतिक चिकित्सा’’ भन्ने अभियान नै सुरु गरी देशका ७५३ वटै स्थानीय तहमा पुग्ने योजना रहेको छ । भने अभियानको सुरुआत गण्डकी प्रदेशबाट गरिँदै छ । प्रदेशको ११ जिल्लाका ८५ स्थानीय तहमा पुगेर प्राकृतिक चिकित्सा पद्धतिको महत्व बारे पालिकामा रहेका जनप्रतिनिधिलाई नै बुझाउने र यस पद्धति अवलम्बन गर्न प्रेरित गर्ने योजना रहेको चिकित्सालयका व्यवस्थापक हरि प्रसाद सापकोटाले बताउनुभएको छ । सबै ठाउँमा पुग्न चिकित्सालयसँग श्रोत साधनको अभाव रहेको हुँदा यस अभियानमा देवचुली नगरपालिकाले साथ सहयोग गर्ने व्यवस्थापक सापकोटाले जानकारी दिनुभयो । पालिकासँगको सहकार्यमा सामुदायिक प्राकृतिक चिकित्सालय रजहरको टोली समय अनुकूल मिलाएर सबै पालिकामा पुग्ने र प्राकृतिक चिकित्सा पद्धतिको महत्व बुझाउने काम गर्ने उहाँको भनाई छ । यस अभियान गण्डकी प्रदेशबाट सुरु गरिने उहाँले बताउनुभयो ।
चितवन पाल्पा, काठमाडौँका ठूला– ठूला अस्पतालमा उपचार गराएर समेत निको नभएको रोगको निदान प्राकृतिक चिकित्सा पद्धतिबाट सफल भएपछि यस पद्धतिको महत्व बुझाउन आफैँ नै खटिन लागेको देवचुली नगरपालिका प्रमुख हरि प्रसाद न्यौपानेलेले बताउनुभयो ।
चिकित्सालयमा पत्रकार सँग आफ्नो अनुभव सुनाउँदै नगर प्रमुख न्यौपानेले भन्नुभयो – ‘चिकित्सालय भएकै वडासंग जोडिएको मेरो घर तर, म त बत्ती मुनीको अँध्यारो भनेझैँ भएको रहेछु । प्राकृतिक चिकित्सालयको उपचार पद्धतिलाई मैलै नै विश्वास नगरी देशका ठूला –ठूला अस्पताल धाएँ , बि एन्ड बि हस्पिटलमा देखाउँदा घोडाको हड्डी खिइएको र गेडी फेर्नुपर्छ भन्यो , मैले १४ हजारको औषधी पनि बोकेर ल्याए तर घर आएर सोचेँ यतिका धेरै औषधी आएपछि मेरो हालत के होला, झनै अरू रोग पनि बल्झने हो कि ?’ न्यौपानेले थप्नुभयो – ‘औषधी खानुभन्दा एक पटक चिकित्सालयको उपचार लिन्छु भन्ने सोचले यहाँ आए । दुई महिनादेखि म यसै उपचार पद्धतिमा छु । मेरो घोडा मात्रै होइन सात थरीका रोग पूर्ण रूपमा निदान भएको छ । घोडा दुख्नेदेखि लिएर पायल्स , ग्यास्ट्रिक , पोष्टेड , श्वासप्रश्वास लगायत रोग पूर्ण रूपमा निको पारेको छु ।’
प्राकृतिक उपचार पद्धतिबाट रोगको उपचार गर्दा खर्च पनि धेरै नलाग्ने, अन्य कुनै साइडइफेक्ट पनि नहुने हुँदा यसको महत्व आम जनमानसमा बुझाउन जरुरी छ भन्ने सोचेर प्राकृतिक चिकित्सा पद्धतिको प्रचार प्रसारमा लाग्ने निचोड निकाल्दै पालिकाले नीति कार्यक्रममा नै समावेश गरेर अभियानकै रूपमा थालनी गर्न लागेको उहाँले बताउनुभयो । प्राकृतिक चिकित्सा उपचार पद्धतिको प्रचारप्रसारका लागि समय अनुकूल मिलाएर आफू नै सबै पालिकामा पुगेर आफ्नो अनुभव सुनाउने र त्यहाँका नप्रतिनिधिलाई यस पद्धतिप्रति प्रेरित गर्ने काममा आफू लाग्ने न्यौपानेले जानकारी दिनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस