संस्कृति ज्ञान परीक्षा कावासोतीमा सम्पन्न

  • नवलपुर आज
  • २०८१ फागुन ११, आईतबार (१ महिना अघि)
  • १६८ पटक पढिएको
संस्कृति ज्ञान परीक्षा कावासोतीमा सम्पन्न
यामु कुमाल  , कावासोती ।  हिन्दु स्वयंसेवक सङ्घ नेपालको आयोजनामा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा शनिवार कावासोती ३ मा रहेको सिद्धार्थ आवासीय माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।
नवलपुर जिल्ला भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयकाबाट सहभागिता रहेको संस्कृति ज्ञान परीक्षा २०८१ मा आठ जना विद्यार्थीले ५० वटा प्रश्नमा सत् प्रतिशत मिलाएका थिए ।
हिन्दु स्वयंसेवक सङ्घ नेपालको आयोजनामा सिद्धार्थ आवासीय माध्यमिक विद्यालयमा भएको संस्कृति ज्ञान परीक्षामा नवलपरासी पूर्व (.नवलपुर) जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयकाबाट पाँच सय बढी विद्यार्थीहरू सहभागी भएका थिए ।
परीक्षामा आठ जना विद्यार्थीले ५० वटा प्रश्नमा सत् प्रतिशत मिलाएका थिए । आयोजकको नियम अनुसार आठ जनामध्येमा गोला प्रथाबाट सान्त्वना , प्रथम , द्वितीय र तृतीयको नतिजा सार्वजनिक गरिएको थियो । जस अन्तरगत , गोला प्रथाबाट , कावासोती –२ मा रहेको शिव नमुना माध्यमिक विद्यालयका खुसी देवकोटा प्रथम , देवचुली एकका नेपाल नमुना माविका रेगन पुडासैनी द्वितीय र कावासोती –३ मा रहेको सिद्धार्थ आवासीय माध्यमिक विद्यालयका सामना अर्याल तृतीय हुन सफल भएका छन् ।
त्यसै गरी, विभिन्न विद्यालयका १५ जना विद्यार्थी सान्त्वना हुन भएका छन् ।
परीक्षामा कावासोती , देवचुली ,मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिका भित्रका गरी ३१ वटा विद्यालयहरूको सहभागिता रहेको थियो ।
परीक्षामा छनोट भएका विद्यार्थीहरूलाई नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । प्रथम हुनेलाई नगद रु ११ हजार एक सय , द्वितीयलाई सात हजार एक सय र तृतीयलाई पाँच हजार एक सय सहित प्रमाण त्रि वितरण गरिएको थियो । यस्तै सान्त्वना हुनेलाई प्रतिव्यक्ति रु एक हजार सहित प्रमाण पत्र वितरण गरिएको कार्यक्रम संयोजक भोजराज दाहालले बताउनुभयो ।
आज भएको कार्यक्रममा जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै विश्वकर्माले हाम्रो परम्परा र संस्कृतिको जगेर्ना गर्न संस्कृति ज्ञान परीक्षाले सहयोग गर्ने कुरा व्यक्त गर्दै हिन्दु स्वयंसेवक सङ्घ नेपाललाई धन्यवाद व्यक्त गर्नुभयो ।
परीक्षामा प्रथम दोस्रो र तेस्रो हुनेलाई एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज कावासोतीले प्रायोजन गरेको थियो भने , सान्त्वना मध्यविन्दु स्काइ लाइन एकेडेमी कावासोती ८ ले प्रायोजन गरेका थिए । हिन्दु स्वयम सेवक सङ्घ नवलपुर जिल्ला सङ्घ चालकको आतिथ्ययतामा रहेको कार्यक्रममा जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै गरी कार्यक्रममा कावासोती नगरपालिकाका नगर शिक्षा अधिकृत राजन पाण्डे , कावासोती नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष डोरमान गिरी , लगायत विभिन्न विद्यालय तथा सङ्घसंस्थाका पदाधिकारीहरूको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा सिद्धार्थ आवासीय माध्यमिक विद्यालयका सहायक प्रिन्सिपल अशोक पौडेलले सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए ।
परीक्षामा कक्षा ५ देखि कक्षा १२ सम्मका विद्यार्थीहरू सहभागी भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस