एमाले कावासोती तीनको जरा केन्द्रित अभियान तथा विस्तारित बैठक सम्पन्न

एमाले कावासोती तीनको जरा केन्द्रित अभियान तथा विस्तारित बैठक सम्पन्न

कावासोती ।  नेकपा एमाले कावासोती वडा नम्बर तीन कमिटीको आयोजनामा जरा केन्द्रित अभियान तथा विस्तारित बैठक आज सम्पन्न भएको छ ।
नेकपा एमालेले तीन महिने अभियानलाई ‘जरा केन्द्रित’ अभियानको रूपमा अगाडी बढाएको छ । यसै सन्दर्भमा कावासोतीको वडा नम्बर तीनले विस्तारित बैठक मार्फत विभिन्न निर्णय गर्दै यस अभियानलाई सफल बनाउन लागि परेको वडा कमिटी अध्यक्ष डण्डापानी न्यौपाने ( भरत ) ले बताउनुभयो ।
बैठकले ‘जरा केन्द्रित’ अभियानलाई सफल पार्न वडा तथा टोलको बैठक भेला तथा सदस्य वितरण अभियान , पार्टी सदस्यता नवीकरण , पार्टी र जनप्रतिनिधि सहित घरदैलो अभियान , पूर्व जनप्रतिनिधि तथा विजेता उपविजेतालाई सम्मान गर्ने अभियान सहित सबै नेता कार्यकर्ता परिचालन गरी चैत मसान्त सम्म अभियान सम्पन्न गर्ने निर्णय गरेको वडा कमिटी अध्यक्ष भरत न्यौपानेले जानकारी दिनुभयो ।
यस्तै यही फाल्गुण १५ गते भित्र टोल अधिवेशन सम्पन्न गर्ने निर्णय समेत गरिएको छ ।
विस्तारित बैठक नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष जीवन श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो । श्रेष्ठले बैठकमा आफ्नो भनाई राख्दै जनतासम्म पुग्ने भेटघाट गर्ने, समस्या के हो ? आवश्यकता के के छन् ? सङ्कलन गर्ने र कार्यान्वयनमा पहल गर्न जरा केन्द्रित अभियान पार्टीले सञ्चालन गरेको बताउनुभयो । एमालेको नेतृत्वमा भएका राम्रा कामहरू जनतासम्म पु¥याउन र जनताको सुझाव सङ्कलन गरेर समृद्धिको कार्यक्रम तयार गर्न यो अभियान सञ्चालन गरिएको उहाँले बताउनु भयो ।
सङ्गठनका कमजोरी, जनताको चासो र गुनासो के छ भन्ने कुरा त्यो अभियानको क्रममा सङ्कलन गरिने र सम्बोधनको प्रयास हुने उहाँले बताउनुभयो ।
बैठकमा जिल्ला कमिटी सचिव भिमलाल कँडेल , प्रदेश सचिवालय सदस्य लीला पोख्रेल थनेत , जिल्ला कमिटी सदस्य भोजराज दाहाल , भेष बहादुर अधिकारी , भुपराज श्रेष्ठ , सालिकराम कोइराला , प्रेम नारायण पाण्डे , नगर कमिटी अध्यक्ष राजेन्द्र पाण्डे , नगर उप सचिव कलादेवी दाहाल , नगर सदस्य डोरमान गिरी लगायतको सहभागितामा विस्तारित बैठक सम्पन्न भएको हो ।
बैठकमा वडा कमिटी अध्यक्ष डण्डापानी न्यौपाने – भरत) को अध्यक्षता रहेको थियो । भने वडा कमिटी सचिव कान्ती गिरीले सहजीकरण गर्नुभएको थियो । भने उपाध्यक्ष दिपेन्द्र मरासिनीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस