शहीद स्मृति सामुदायिक माविमा १८ जनाले गरे रक्तदान 

शहीद स्मृति सामुदायिक माविमा १८ जनाले गरे रक्तदान 

कावासोती । कावासोती तीनमा रहेको शहीद स्मृति सामुदायिक माध्यामिक विद्यालयमा आज रक्तदान कार्यक्रम भएको छ ।
विद्यालयको वार्षिकोत्सवको पूर्व सन्ध्यामा आयोजना भएको रक्तदान कार्यक्रममा  १८ जनाले रक्तदान गरेका छन् ।  शहीद दिवसको अवसरमा स्थापना भएको यस विद्यालयले माघ १६ गते वार्षिकोत्सव मनाउने क्रममा यस वर्ष विभिन्न सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम थापाले बताउनुभयो । माघ १२ गतेबाट विद्यार्थीहरूको विभिन्न खेलकुद प्रतियोगिताहरू सुरु भएको र आज रक्तदान कार्यक्रम र अभिभावक म्युजिकल चियर प्रतियोगिता समेत सम्पन्न भएको थापाले जानकारी दिनुभयो । विद्यार्थीका अभिभावकलाई समेत विद्यालयका गतिविधिहरूमा सहभागी गराउने उद्देश्यले यस प्रतियोगिता सञ्चालन गरेको उहाँको भनाई छ । यसै गरी भोली तेस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशनको कार्यक्रम रहेको छ भने , माघ १६ गते पर्सी ३६ औँ वार्षिकोत्सव मूल समारोहको कार्यक्रम  रहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष थापाले बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम भुर्तेलले  २०४५ सालमा सानो छाप्रोबाट सुरु भएको विद्यालय आज सुविधा सम्पन्न विद्यालयका रूपमा स्थापित गर्न सकेको बताउनुभयो ।  उहाँले विद्यालयमा कृषि र वन  प्राविधिक शिक्षा समेत सञ्चालन गर्न सफल भएको बताउनुभयो । विद्यालयमा अहिले ४ सय जना विद्यार्थीहरू अध्ययनरत रहेको प्र अ भुर्तेलले बताउनुभयो । अहिले विद्यालयको शैक्षिक अवस्थामा सुधार हुँदै गएको र समुदायबाट समेत सहयोग र सहकार्य हुँदै आएको उहाँले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम थापाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्र अ पुरुषोत्तम भुर्तेल , शिक्षक अभिभावक सङ्घ अध्यक्ष त्रिलोचन उपाध्यक्ष ढकाल  लगायत शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस