गण्डकी प्रदेश : ४ मन्त्रीहरूद्वारा सपथ ग्रहण

  • नवलपुर आज
  • २०८१ भाद्र १७, सोमबार (९ महिना अघि)
  • ३५८ पटक पढिएको
गण्डकी प्रदेश : ४ मन्त्रीहरूद्वारा सपथ ग्रहण

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त ४ मन्त्रीहरूले आज सपथ ग्रहण गर्नुभएको छ । नेकपा एमालेका तर्फबाट नियुक्त ४ मन्त्रीहरूलाई एक समारोहबिच गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले सपथ ग्रहण गराउनुभएको हो ।

कास्कीका प्रकाश केसी, नवलपुरकी पद्मा जिसी (श्रेष्ठ), बागलुङका कृष्ण पाठक र पर्वतका मित्रलाल बस्याल मन्त्रीमा नियुक्त भएसँगै आज उहाँहरूले सपथ ग्रहण गर्नुभएको हो । पद्मालाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, केसीलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पाठकलाई स्वास्थ्य मन्त्रालय र बस्याललाई भने उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एमालेका ४ जना मन्त्री आजै नियुक्त गर्नुभएको हो । यसअघि भौतिक पूर्वाधार मन्त्री रहनुभएका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । आइतबार मुख्यमन्त्री पाण्डेले मन्त्रालयको सङ्ख्या ७ बाट बढाएर ९ पुर्याएको बताउनुभएको थियो ।
केन्द्रमा सक्ता गठबन्धन परिवर्तन भएको दुई महिना बित्दासम्म पनि एमाले र काँग्रेसको मन्त्रालय बाँडफाँडमा कुरा मिल्न नसक्दा नयाँ सक्ता गठबन्धनको सरकार गठनमा ढिलाइ भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस