गण्डकी प्रदेशका महिला जनप्रतिनिधिका लागि दुई दिने प्रशिक्षण देवचुलीमा सुरु

गण्डकी प्रदेशका महिला जनप्रतिनिधिका लागि दुई दिने प्रशिक्षण देवचुलीमा सुरु

कावासोती ।   शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रमा सबैभन्दा बढी बजेट स्थानीय तहमा नै विनियोजन हुने गरेको बताउनुभएको छ ।
अखिल नेपाल महिला सङ्घ गण्डकी प्रदेश कमिटीले देवचुली १७ को पिप्रहर सामुदायिक होम स्टेमा शनिबारबाट सुरु गरेको गण्डकी प्रदेशका महिला जनप्रतिनिधिका लागि दुई दिने प्रशिक्षण कार्यक्रममा प्रमुख वक्ताका रुपमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री भटटराईले अब स्थानीय तह श्रोत साधन छैन भनेर पन्छिन नपाईने बताउनुभयाृ । शिक्षामा सबैभन्दा बढी बजेट ७० प्रतिशत बजेट बिनियोजन भएको, २८ प्रतिशत सङ्घ र दुई प्रतिशत मात्रै प्रदेशमा बिनियोजन भएको उहाँले बताउनभयो । त्यसैले श्रोत साधन भएन मात्रै भनेर नहुने , श्रोत साधनको सही सदुपयोग गर्नुपर्ने बताउनुभयो ।

मन्त्री भटटराईले शिक्षा क्षेत्रमा कुन पक्षलाई प्राथमिकता दिने त भन्ने बारेमा सबै स्थानीय तहमा एकरूपता हुन जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘हामीले शिक्षा क्षेत्रमा लगानी गर्दा चालु खर्च बढी र पूँजीगत खर्च कम छ , चालु खर्चलाई सानासाना कुरामा खर्च गरिरहेका छौँ त्यस्ता खर्चलाई कम गर्दै सिकाइमा खर्च गर्ने , सीप निर्माणमा खर्च गर्ने , प्राविधिक पक्षमा खर्च गर्ने र अनलाइन प्रविधिलाई बढी प्रयोग गर्यौ भने पनि खर्च कम हुन्छ । त्यसका लागि स्थानीय तहले योजना बनाउनुपर्छ ।’

प्रशिक्षणका क्रममा मन्त्री भटटराईले आधिकांश कुरा शिक्षा क्षेत्रकै बारेमा गर्नुभएको थियो । उहाँले मन्त्रालयबाट गर्नुपर्ने कार्य , स्थानीय तह , प्रदेश र समग्र सरोकारवाला निकायबाट गर्नुपर्ने कार्य केके हुन कसरी गर्न सकिन्छ त भन्ने बारेमा प्रस्तुतीकरण नै राख्नुभएको थियो । उहाँले आफू शिक्षा मन्त्री भएपछिको पहिलो निर्णय नै विद्यालय खाजामा स्थानीय उत्पादनलाई जोड दिने भन्ने गरेको हुँदा यस कुरालाई पनि सबै स्थानीय तहले कार्यान्वयन गरेर लैजानका लागि अनुरोध गर्नुभयो ।
नेकपा एमालेबाट निर्वाचित महिला जनप्रतिनिधिका लागि विषेश गरेर बजेट निर्माण कसरी गर्ने , कुन पक्षलाई प्राथमिकतामा राख्ने लगायतका विषयमा जानकारी गराउने उद्देश्यले गण्डकी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि अनेमसङ्घ सचिव एवम् गण्डकी प्रदेश इन्चार्ज नरदेवी पुनले महिला जनप्रतिनिधिहरूको क्षमता अभिवृद्धि गर्दै उनीहरूलाई बजेट निर्माण गर्ने कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएकोले कार्य क्षेत्रमा टेवा पुग्ने बताउनुभयो ।
अखिल नेपाल महिला सङ्घ गण्डकी प्रदेश कमिटी अध्यक्ष हिरा कुमारी गिरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य बिन्दा पाण्डे , नेकपा एमाले केन्द्रिय सदस्य एवम् नवलपुर इन्चार्ज तिलक महत , नेकपा एमाले नवलपुर अध्यक्ष जीवन श्रेष्ठ , जिल्ला समन्वय समिति नवलपुर अध्यक्ष बाबुराम विश्वकर्मा लगायतको आतिथ्यता रहेको थियो ।

यसैबीच नेकपा एमाले निकट नेपाल राष्टिय शिक्षक संगठन महिला विभागको नवलपुरको आयोजनामा शनिबार देवचलीमा तिज विषेश कार्यक्रम भएको छ ।
कार्यक्रमको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले उद्घाटन गर्नुभएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस