शिक्षा विज्ञान तथा प्रविधि मन्त्री भट्टराई भोलि नवलपुर आउने , मध्यविन्दुमा हाम्रो खुसी पाठ्यक्रम शुभारम्भ गर्ने

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री भट्टराई भोलि नवलपुर आउने , मध्यविन्दुमा हाम्रो खुसी पाठ्यक्रम शुभारम्भ गर्ने

कावासोती । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई भोलि नवलपुर आउनुहुने भएको छ ।
मध्यविन्दु नगरपालिकामा शिक्षा क्षेत्रमा नवीनतम कार्यक्रमको रुपमा शैक्षिकसत्र २०८१ देखि नेपालमै पहिलोपटक कार्यान्वयन गर्न लागेको हाम्रो खुसी पाठ्यक्रम तथा शिक्षक हाते पुस्तकको शुभारम्भ कार्यक्रममा सहभागि हुने मन्त्री भट्टराई नवलपुर आउन लाग्नु भएको हो । मध्यविन्दु नगरपालिकामा भोलि मध्यान्ह १२ः१५ बजे उक्त कार्यक्रम सुरु हुने छ ।
मध्यविन्दुको कार्यक्रममा सहभागि हुन आउनुहुने मन्त्री भट्टराईले जिल्लाका अन्य कार्यक्रममा पनि सहभागिता जनाउनु हुनेछ ।
भोली बिहान १० बजे पिप्रहर सामुदायिक होम स्टेमा अखिल नेपाल महिला सङ्घले आयोजन गर्न लागेको दुई दिने प्रशिक्षण कार्यक्रमको पनि भट्टराईले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भने ,बिहान ११ बजे अखिल नेपाल शिक्षक सङ्गठन नवलपुरको महिला विभागद्वारा देवचुलीको केउरेनीमा आयोजना गरिएको तीजको शुभकामना तथा दरखाने कार्यक्रमको समेत मन्त्री भट्टराईले उद्घाटन गर्ने जनाईएको छ । बिहान दुई वटा कार्यक्रममा सहभागि भएपछि मध्यविन्दुको कार्यक्रममा सहभागि हुने कार्यक्रम रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस