दिपेन्द्र रेग्मी , कावासोती । नवलपुरको कावासोति शिवमन्दिर थारु एकतासमाजको चौथो साधारण सभा तथा तेश्रो अधिवेशन सकिएको छ ।
कावासोतिमा रहेका थारुहरुलाई एकसुत्रमा बाँधेर विभिन्न सामाजिक कार्यमा हातेमालो गर्ने उद्येश्यका साथ स्थापित एकता समाजले नयाँ कार्यसमिति समेत चयन गरेको छ । समितिका निवर्तमान अध्यक्ष महाराजि महतोको अध्यक्षतामा भएको कार्यक्रमले सिता गुरौको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको समाजका निवर्तमान सचिव जित बहादुर गुरौले जानकारी दिनुभयो ।
केहिसमय भित्रै बस्ने समितिको पहिलो बैठकले निर्णय गर्नेगरि अहिलेकालागि सचिव पद रिक्त नै राखि, उपाध्यक्षमा रविना महतो, सहसचिवमा रञ्जना महतो, कोषाध्यक्षमा खड्क बहादुर महतो चयन हुनुभएको छ । त्यस्तै सल्लाहाकार सदस्यमा महाराजि महतो र गर्भलाल महतो चयन हुनुभएको छ भने कार्य समिति सदस्यहरुमा याद कुमारी महतो, निरु थनेत, भवानि शंकर महतो, सिता महतो, ईन्दिरा महतो र मनिराम महतो चयन हुनुभएको छ । कावासोतिको मनकामना आमा समुहको सभाहलमा भएको कार्यक्रममा भुपु सैनिक मनिराम महतोको प्रमुख आतिथ्यता रहेको थियो भने थारु समाजसँग सरोकारराख्ने विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।