आफ्नो फोहोर आफ्नै पकेटमा अवधारणा सम्बन्धि बालबालिकाहरुलाई अभिमुखिकरण कावासोतिमा सप्पन्न ।

  • नवलपुर आज
  • २०८१ भाद्र १, शनिबार (१० महिना अघि)
  • ४११ पटक पढिएको
आफ्नो फोहोर आफ्नै पकेटमा अवधारणा सम्बन्धि बालबालिकाहरुलाई अभिमुखिकरण कावासोतिमा सप्पन्न ।

कावासोती । कावासोतीका बालबालिकाहरुलाई आफुले आफ्नो फोहोर कसरी ब्यबस्थापन गर्न सकिन्छ भन्ने बारेमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
द गार्डेन अफ होप फाउन्डेसन ताइवानद्वारा संचालित एसियन गर्लस् इन एक्सन प्रोजेक्ट २०२४ अन्तर्गत कावासोती नगरपालिका वडा नम्बर ६ निवासी किशोरी अभियन्ता सवनम सुनार सहभागी भयर आय पछी उहाले सो परियोजना अन्तर्गतका गतिविधिहरु अन्तर्गत आज कावासोती नगरमा सो कार्यक्रम सप्पन्न गर्नुभएको उहाँले बताउनु भयो ।
कावासोती नगरपालिका नगर बाल सन्जालका बालबालिकाहरु र अन्य बाल क्लबमा रहेका पदाधिकारीहरुलाई “greening pockets, a step towards revolution” नाम राखी अभियान सुरु गरिएको उहाँले बताउनु भयो ।
कार्यक्रममा किशोरी अभियन्ता सवनम सुनारले ताइवानमा यहि १४ जुलाई देखि २१ जुलाई सम्म आयोजना भएको पावर क्याम्पमा भएका गतिविधि, सिकाई र अनुभवहरुको बारेमा प्रस्तुतीकरण गर्दै आफुले संचालन गर्न लागिरहेको प्रोजेक्ट अन्तर्गतका विभिन्न कार्यक्रमहरुको बारेमा जानकारी दिनु भएको थियो ।
उहाँले वातावरण संरक्षणका लागि आफ्नो घर समुदायमा विभिन्न प्रकृतिका फोहोरहरुलाई व्यवस्थापनका लागि सर्वप्रथम आफुबाट नै सुरुवात गर्न आवश्यक रहेको कुरा बताउँदै आगामी दिनमा बालक्लवका पदाधिकारीहरुले आफ्नो जिम्मेवारीलाई बुझेर यो अभियानमा हातेमालो गर्न अनुरोध गर्नु भएको थियो ।
बालबालिकाहरु नै परिवर्तनका अभियानकर्ता भएकोले यो सवै बालबालिकाको अभियानको रूपमा सवै ठाँउमा सुरुवातको लागि पहल गर्न समेत अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा जागृती बाल तथा युवा सरोकार नेपालका कार्यक्रम अधिकृत राधा देवि बोटेले वातावरण संरक्षण र विभिन्न प्रकृतिका फोहोरमैला कसरी व्यवस्थापन गर्नुपर्छ भन्ने सन्दर्भमा विद्यालयको पाठ्यपुस्तकमा अध्ययन गरेता पनि यसलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न नसकिरहेकोले बाल संजालका प्रतिनिधिहरुले आ-आफ्नो संजाल र बिधालय र घरमा विभिन्न कार्यक्रम गर्न आवश्यक रहेकोले यसको नेतृत्व गर्न बताउनु भएको थियो ।
अवको पुस्ताको लागि पनि हामी सवै जना सगसगै रहनु पर्ने हुँदा यो अभियान सवैले अनुसरण गरि आफुले सकेको कामहरु गर्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रदेश बाल परिषद्का सदस्य प्रशान्त अर्यालले आफुले अन्तर्राष्ट्रिय स्तरमा गएर जानेको कुरा सिकाउनका लागि नगरपालिकामा बालबालिकाहरुलाई कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिँदै आगामी दिन वातावरण संरक्षणका लागि फोहोरमैला व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने यो अभियान अन्तर्गत संचालित हुने कार्यक्रममा बाल संजालले पनि समन्वय गरेर सहयोग गर्ने कुरा बताउनु भएको थियो ।
सो कार्यक्रमका अध्यक्ष कावासोती नगर बाल संजालको अध्यक्ष एलिसा पन्थीले बाल संजालको तर्फबाट पावर क्याम्प अन्तर्गतको कार्यक्रमहरुलाई सफल बनाउनका लागि कुन चरणमा कसरी गर्नुपर्नेछ भन्ने सन्दर्भमा आवश्यक पर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
सो कार्यक्रममा वडा बाल सन्जाल, नगर बाल संजाल, जिल्ला बाल सन्जाल र गण्डकी प्रदेश बाल परिसदका विभिन्न प्रतिनिधिहरु र किशोरी अभियन्ताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागी बालबालिकाहरुले आफ्नो फोहोर आफ्नो पकेटमा राखी ब्यबस्थापन गर्ने बानीको बिकास आजबाट नै सुरु गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
उक्त कार्यक्रम जागृती बाल तथा युवा सरोकार नेपाल, कावासोती नगर बाल संजाल, नगर युवा संजाल, जिल्ला बाल संजाल, गण्डकी प्रदेश प्रदेश बाल परिषदको समन्वयमा गरिएको थियो
उक्त कार्यक्रममा ४० जनाको उपस्थिति रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस