कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिकामा आज भएको साईकल दुर्घटनमा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मध्यविन्दु– ४ मदनपुर बस्ने ४८ वर्षिया राम कुमारी महतो रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वेद बहादुर पौडेलका अनुसार मध्यविन्दु– ४ मदनपुर स्थित भित्रि सडकखण्डमा मदनपुरबाट सेहरीतर्फ जाँदै गर्दा महतोले चलाएको साईकल नियन्त्रण गुमाई सडकमा पल्टिदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी महतोको घाँटीमा चोट लागेको थियो ।
घाईते महतोलाई मध्यविन्दु नगर अस्पताल चोरमारामा सामान्य उपचार पछि थप उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा पठाइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको पौडेलले जानकारी दिनुभयो ।