नवलपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासँघ फोनिज स्थापना दिवसको पूर्वसन्ध्यामा नवलपुर जिल्लामा अन्तरकृया कार्यक्रम गरिएको छ । कार्यक्रम जिल्लाको सदरमुकाम कावासोती स्थित काजासोती नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो । फोनिज नवलपुरको आयोजनामा समावेशी सञ्चार विगत र वर्तमान , आदिवासी जनजातिहरुको सवाल र सरोकारवालहरुको भूमिका विषयकमा अन्तरकृया गरिएको थियो । कार्यक्रम फोनिज नवलपुरका अध्यक्ष चन्दा गुरुङको अध्यक्ष्ता एवम् नेपाल आदिवासी जनजाति महासँघ केन्द्रिय पूर्व उपाध्यक्ष ज्ञान वहादुर बोटेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बोटेले सञ्चार माध्यममा आदिवासी जनजातिहरुको व्यक्तिगत भन्दा पनि मुद्धाको समावेशिता चाहेको बताउनु भयो । आदीवासी जनजातिहरुको हक अधिकारको मुद्धाका विषयलाई आदिवासी पत्रकारले मात्र कलम चालाएर नपुग्ने भन्दै गैरआदिवासी जनजाति पत्रकारहरुलाई पनि मुद्धाका विषयमा सकारात्मक रुपबाट कलम चलाउनु पर्नेमा उहाँको जोड छ ।
कार्यक्रममा आदिवासी जनजाति अधिकार प्राप्तिका लागि स्थानिय तहदेखि प्रदेशस्तरसम्म एकद्धार प्रणालीबाट विकासमा सहकार्यको भूमिका खेल्नु पर्नेमा जोड दिइएको थियो । यस्तैगरी अन्तरकृया कार्यक्रममा बोल्नुहुँदै नेपाल आदिवासी जनजाति महासँघ नवलपुरका जिल्ला अध्यक्ष रामकुमार श्रेष्ठले आदिवासी जनाजति समुदाय जवसम्म राज्यको मूलधारमा पुग्दैनन् तबसम्म समावेशीता भएको मान्नु गलत हुने बताउनुभयो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासँघ नवलपुरका पूर्व अध्यक्ष रामव्लोन तामाङ , जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्मा , आदिवासी जनजातिका विभिन्न भातृसँघ सँस्थाका पदाधिकारी , कावासोती नगरपालिकाका उपप्रमुख फूलकुमारी थनेत , प्रमुख प्रसाशकिय लिलाराज पौडेल , नेपाल पत्रकार महासँघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुली, फोनिजकर्मी लगायत पत्रकार महासँघका विभिन्न भातृसँघ सँगठनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । करिब ५० जना सहभागि रहेको कार्यक्रममा आदिवासी जनजातिका विभिन्न सवालहरु उठान गरिएको थियो । फोनिजको २५ औँ स्थापना दिवसको पूर्वसन्ध्यामा कार्यक्रम गरिएको हो । आदिवासी जनजाति पत्रकार महासँघ फोनिजले साउन २७ गते अर्थात् आइतबार २५ औँ स्थापना दिवस मनाउने भएको छ ।