सामुदायिक वन दिवस : उत्कृष्ट वनलाई पुरस्कार वितरण तथा वृक्षरोपण कार्यक्रम

सामुदायिक वन दिवस : उत्कृष्ट वनलाई पुरस्कार वितरण तथा वृक्षरोपण कार्यक्रम

 

कावासोती । सामुदायिक वन दिवस –२०८१, को अवसर पारेर नवलपुरमा वृक्षरोपण तथा उत्कृष्ट सामुदायिक वनलाई पुरस्कार वितरण तथा वृक्षरोपण कार्यक्रम भएको छ ।
कावासोती १६ डण्डामा रहेको अंकुर आदर्श सामुदायिक वनमा बिहीबार आयोजना भएको कार्यक्रममा जिल्लाका तीन वटा उत्कृष्ट सामुदायिक वनलाई पुरस्कृत गरिएको हो ।
डिभिजन वन कार्यालयको तर्फबाट प्रथम द्धीतीय र तृतीय हुने सामुदायिक वनलाई नगद रसम्मानपत्रले पुरस्कृत गरिएको हो । प्रथम हुन सफल मध्यविन्दु हरियाली सामुदायिक वनलाई १२ हजार पाँच सय , द्धीतीय हुन सफल शिव सामुदायिक वनलाई आड हजार पाँच सय र तृतीय हुन सफल अरुणखोला सामुदायिक वनलाई ६ हजार पाँच सय रुपैयाँ नगद र सम्मानपत्रद्धारा सम्मान गरिएको छ ।
पुरस्कार वितरणको मापदण्डका बारेमा जानकारी गराउदै डिभिजन वन कार्यालयका अधिकृत शिशिर लम्सालले सामुदायिक वनहरुले सम्पन्न गरेका कृयाकलापहरुको विभिन्न सूचकहरुको आधारमा मार्किग गर्ने र सोही आधारमा उनीहरुलाई मूल्याकन गर्ने बताउनुभयो । उहाँले वन हराभरा बनाएर मात्रै सफल बभने भन्ने नभइ वनको माध्यमबाट सामाजिक, आर्थिक र वातावरणीय तीन वटै पक्षलाई ध्यानमा राखेर काम गरेका सामुदायिक वनहरुलाई उत्कृष्ट वनका रुपमा पुरस्कृत गरिएको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति प्रमुख बाबुराम बिश्वकर्मा , डिभिजन वन कार्यालयका प्रमुख बसन्त केशव अधिकारी सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरका अध्यक्ष मना भण्डारी लगायतका अतिथिहरुले उत्कृष्ट सामुदायिक वनका अध्यक्ष सहितको टोलीलाई सम्मानपत्र प्रदान गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिश्वकर्माले उपभोक्ताले सन्तानभन्दा प्यारो गरेर संरक्षण गरेको कारण आज सामुदायिक वन हराभरा हुन सफल भएको बताउनुभयो । उहाँले उपभोक्ताले जोगाएको वनलाई उनीहरुले नै सहज रुपमा उपभोग गर्न पाउनेृ अवस्था नरहेको हुँदा सरकारले उपभोक्ता मैत्री नियम कानून बनाउन आवश्यक रहेको बताउनुभयो । भएक कतिपय नियम कानूनका कारण धेरै समस्याहरु सृजना भएको हुँदा त्यस्ता नियम कानूनलाई संशोधन गर्न जरुरी रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा बोल्दै डिभिजन वन प्रमख अधिकारीले नवलपुरका रहेको २११ व्टा सामुदायिक वनबाट गत वर्ष ६० करोड आम्दानी भएको जानकारी दिनुभयो । उहाँले समुदायको विकास र विपन्न वर्गको जिविकोपार्जनका लागि सामुदायिक वनले धेरै राम्रा काम गरिरहेको बताउनुभयो । सामुदायिक वनहरुलाई समयमै कार्ययोजना पेश गर्न उहाँले आग्रह गर्नुभयो । वनको निति नियमभित्र रही काम गरेमा कुनै पनि समस्या नपर्ने उहाँले बताउनुभयो । उहाँले वनमा गरिएको वृक्षरोपणलाई संरक्षण गर्दै बोटविरुवा हुर्काउनतर्फ ध्यान दिन समेत समूहका सदस्यहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रिय सदस्य सीता खड्काले सामुदायिक वनले महिला र पुरुष बराबर छन भन्ने सिकाइको सुरुआत गरेको स्मरण गर्नुभयो । उहाँले सामुदायिक वनकै माध्यमबाट नेतृत्व तहमा महिला सहभागिता हुनुपर्छ भन्ने सन्देश दिन सफल भएको बताउनुभयो ।
यसैगरी कावासोती १६ का अध्यक्ष आनन्द श्रेष्ठले कार्यक्रममा बोल्दै साुमदायिक वन र स्थानीय तहबाट हुने काम कर्तव्य मिल्दोजुले रहेकोले एकआपसका समन्वय सहकार्य गरेर अगि बढ्न जरुरी रहेको बताउनुभयो । उहाँले साुमदायिक वनले गर्ने विकास निर्माण ,सचेतना , रोजगारी सृजना गर्ने लगायतका काम पालिका तथा वडासंग समन्वय सहकार्य गरेर गर्न सकेमा प्रभावकारी हुनेमा जोड दिनुभयो ।
सामुदायिक वन उपभोक्ता स्थानीय महासंघ कावासोतीको अध्यक्ष लोक बहादुर केसीले वनबाट हुने प्रत्यक्ष फाइदाका बारेमा जनसमुदायमा जानकारी भएपनि वनबाट हुने अप्रत्यक्ष फाइदाका बारेमा अधmैपनि जनसमुदायलाई बुझाउन जरुरी रहेको बताउनुभयो वनबाट हुने अप्रत्यक्ष फाइदाको बारेमा बुझाउन सकेमा उपभोक्ताहरुमा जागरुकता आउने र वन संरक्षणमा टेवा पुग्ने बताउनुभयो ।
पुरस्कार वितरण कार्यक्रम हुनअगि अंकुर सामुदायिक वन परिसरमा विभिन्न प्रजातीका १२५ विरुवा रोपण गरिएको थियो ।
कार्यक्रममा वन तथा पर्यावरण गुल्म हात्तिखोरका प्रमुख सेनानी प्रकाश अधिकारी , सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेश उपाध्यक्ष खगराज सापकोटा , सदस्य धना पाण्डे , ग्रिन फाउण्डेशन नेपाल नवलपुर अध्यक्ष ठाकुर प्रसाद पाण्डे लगायतका अतिथि तथा उपभोक्त , विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको सहभागितामा कार्यक्रम भएको हो ।
सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरका अध्यक्ष मना भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कमल प्रसाद वाचेले स्वागत गर्नुभएको थियो भने , सचिव सुशिल पौडेलले सहजीकरण गर्नुभएको थियो ।
डिभिजन वन कार्यालय नवलपुर र सामुदायिक वन उपभोक्ता महासंघ ,जिल्ला महासंघ नवलपुरको आयोजना तथा ग्रिन फाउन्डेसन र एनसावको सहकार्यमा अंकुर सामुदायिक वनको सभाहलमा कार्यक्रम भएको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस