नारायणी तटीय  क्षेत्रमा जल जङ्गल परियोजना

नारायणी तटीय  क्षेत्रमा जल जङ्गल परियोजना

कावासोती । नवलपुर सहित तीन जिल्लामा युएसएआइडी जल जङ्गल परियोजना सञ्चालनमा आएको छ ।
नारायणी नदीको तटीय  क्षेत्र चितवन, नवलपुर र पश्चिम नवलपरासीका नौ वटा स्थानीय तहमा यो परियोजना सञ्चालन गरिएको छ ।
परियोजनाका बारेमा  जानकारी दिने र छलफल गरि राय सुझाव सङ्कलन गर्ने उद्देश्यले युएसएआइडी जल जङ्गल दिगो वन व्यवस्थापन  कार्यक्रमको सरोकारवालासँग अन्तरकृया गोष्ठी आज कावासोतीमा आयोजना गरिएको थियो ।
परियोजना अन्तरगत दियो वन व्यवस्थापन , वन पैदावारको दिगो सङ्कलन , उद्यम प्रबर्द्धन , पर्यापर्यटनसँग सम्बन्धित क्रियाकलापहरू गरिने एन्साव नेपालका  चण्डीका अमगाईंले जानकारी दिनुभयो ।
कार्यक्रममा जिविकोपार्जन विशेषज्ञ सुशील ज्ञवाली र तालिम संयोजक विनोद चापागाईंले दियो वन व्यवस्थापनको राष्ट्रिय मापदण्डका बारेमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा दिगो वन व्यवस्थापनको चुनौती र समाधानका उपाय , सामुदायिक वनका जोखिम र न्यूनिकरणका उपायहरू , जोखिम न्यूनिकरणका लागि तालिम र अन्य सहयोगका क्षेत्र र जोखिम न्यूनिकरणका उपकरण र औजारहरू के कस्ता हुन सक्छन् भन्ने बारेमा समूहगत छलफल गरिएको थियो ।
सामुदायिक वन उपभोक्ता महासङ्घ नवलपुरका अध्यक्ष मना भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कावासोती नगरपालिका प्रमुख विष्णु प्रसाद भुसालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कावासोती नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत क्षेत्र बहादुर  भण्डारी , कावासोती नगरपालिका उपप्रमुख फूल कुमारी थनेत ,  चितवन   राष्ट्रिय निकुञ्जमा प्रमुख संरक्षण अधिकृत  डिल बहादुर पुर्जा पुन लगायत सामुदायिक वन , मध्यवर्ती वन ,  पर्यटन व्यवसायी लगायतका सरोकारवालाहरूको सहभागितामा कार्यक्रम भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस