सिमलताल पहिरो अपडेटः हालसम्म २२ जनाको शव फेला, ८ जनाको अझै सनाखत हुन बाँकी

  • नवलपुर आज
  • २०८१ श्रावण ४, शुक्रबार (६ महिना अघि)
  • १८६ पटक पढिएको
सिमलताल पहिरो अपडेटः हालसम्म २२ जनाको शव फेला, ८ जनाको अझै सनाखत हुन बाँकी

चितवन – नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर–२९ सिमलताल स्थित त्रिशुली नदीमा खसेको बसमा सवार यात्रु मध्ये हालसम्म २२ जनाको शव फेला परेको छ ।

२२ जना मध्ये हालसम्म १४ जनाको सनाखत भएको र ८ जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक भावेश रिमालले जानकारी दिए । पछिल्लोपटक नवलपरासीतर्फ नारायणी नदीमा दुई जनाको शव फेला परेको हो ।

यात्रुहरुको खोजी कार्य आज पनि घटनास्थल सिमलताल, त्रिशुली नदी, नारायणी नदीमा जारी रह्यो । नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी गरी ५ सय जना सुरक्षाकर्मीले निरन्तर सोनार क्यामेरा, ¥याफटिङ बोट, मोटर बोट, गोताखोर र पैदलमार्फत खोजी कार्य गरेका छन् ।

शुक्रबार विहान ३ः३० बजेको समयमा खसेको पहिरोले विरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्सको बसलाई पहिरोले बगाएर त्रिशुली नदीमा खसेको थियो । ती दुवै बसमा गरी ६५ जना यात्रु सवार थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस