मध्यविन्दुमा भएको सवारी दुर्घटनामा तीन जना घाईते

मध्यविन्दुमा भएको सवारी दुर्घटनामा तीन जना घाईते

कावासोती । नवलपुरको मध्यविन्दुमा आज बिहान भएको सवारी दुर्घटनामा परेर तीन जना घाईते भएका छन् ।

घाइते हुनेमा ट्रक चालक .धादिङ निलकण्ठ .–४ बस्ने बर्ष २६ का अमृत ढुङगाना , चालककी श्रीमती बर्ष २० कि कल्पना ढुङगाना र सहचालक पश्चिम नवलपरासी बर्दघाट .–४ बस्ने बर्ष २६ का बसन्तघर्ती मगर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वेद बहादुर पौडेलका अनुसार मध्यबिन्दु –७ चोरमारा स्थित पूर्व पश्चिम राजमार्गमा रुपन्देहीबाट काठमाडौँ तर्फ रोल पेपर लोड गरी आउँदै गरेको बा.प्र.०३–००१ ख १४२० नं.को ट्रक चालकले नियन्त्रण गुमाई सडक देखी १० मिटर तल खोल्सामा खस्न जादा दुर्घटना भएको हो ।

घाईते मध्ये कल्पना ढुङगानालाई थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौ रिफर गरिएको छ । भने अन्य दुई जना उपचार पछि डिस्चार्ज भएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस