कावासोतीमा छोराले गरे बाबुको हत्या

कावासोतीमा छोराले गरे बाबुको हत्या

कावासोती । नवलपरासी पूर्व नवलपुरको कावासोतीमा छोराले बाबुको हत्या गरेका छन् ।
आज बिहान ११ बजेतिरको समयमा कावासोती – ५ ठकुरी चोक बस्ने १८ वर्षीय निराजन कुमालले ४३ वर्षीय आफ्नै बुबा प्रेमबहादुर कुमालको हत्या गरेका हुन् ।
मृतक प्रेम बहादुरले  मादक पदार्थ सेवन गरेर कुकरलाई कुटपिट गर्दा कुकुरको मृत्यु भएको रिसमा छोरा निराजनले 
ढुङ्गाले प्रहार गरेर हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
आफ्नै घर अगाडि नालमा ढुङ्गाले प्रहार गरी उनले हत्या गरेको र शव अहिले घटना स्थलमै रहेको छ ।
घटना स्थलमा अहिले मुचुल्का उठाउने  काम सुरु गरेको र थप  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

ताजा अपडेट

खोजी गर्नुहोस