पुलबाट खसेर कावासोतीमा एक जनाको मृत्यु

  • नवलपुर आज
  • २०८१ श्रावण २, बुधबार (७ महिना अघि)
  • १८३ पटक पढिएको
पुलबाट खसेर कावासोतीमा एक जनाको मृत्यु

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा पुलबाट खसेर एक जना पुरुषको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज विहान कावासोती १४ र १७ को सिमानामा पर्ने अघरीघाट पुलबाट खसी मृत रहेको अवस्थामा एक जनाका पुरुषको शव भेटिएको हो ।

कावासोती १७ ढोकी निवासी २७ बर्षीय डिल्लीराम महतो हिजोदेखि घरबाट निस्केको र आज विहान पुल मुन मृत भेटिएको स्थानीयले खबर गरेपछि प्रहरी घटना स्थल पुगेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस