कावासोती । नवलपुरमा सर्पदशंदबाट एक जना बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार मृत्यु हुनेमा मध्यविन्दु
– ६ भडारा बस्ने १४ वर्षका बालक आर्यन महतो रहेका छन् ।
गएराति नौ बजेतिर आफ्नै घरमा खेल्ने क्रममा प्रजाती नखुलेको सर्पले डसी घाईते भएका उनको कालीगण्डकी अस्पताल कावासोतीमा प्राथमिक उपचारपछि थप उपचारको लागी भरतपु लैजादै गर्दा बाटोमै मृत्यू भएको प्रहरीले जनाएको छ ।
यसैबीच कावासोति – १६ डण्डा बस्ने .२ वर्षको बालक रेहान्स अधिकारीले आफ्नै घर भित्र राखेको मट्टितेल सेवन गरि बिरामी भएका छन् । उनको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।