केरुङ्गे खोलाको पुल सञ्चालनका लागि नगर प्रमुख भुसालद्धारा समन्वय

  • नवलपुर आज
  • २०८१ श्रावण १, मंगलबार (७ महिना अघि)
  • १०४ पटक पढिएको
केरुङ्गे खोलाको पुल सञ्चालनका लागि नगर प्रमुख भुसालद्धारा समन्वय

कावासोती । कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले केरुङ्गे खोलाको पुल सञ्चालन गरि आवतजावत सहज पार्न सडक डिभिजन कार्यालय भरतपुरका प्रमुखसँग समन्वय गर्नुभएको छ ।
कावासोती नगरपालिका वडा नम्बर ३ र ४ लाई जोड्ने निर्माणाधीन पुलको अवलोकन पश्चात  पुलको दुवै तर्फ बाढीले क्षति पुर्याउने अवस्था रहेको र पुल सञ्चालनमा ल्याउन नसक्दा आवतजावत गर्ने यात्रुलाई सास्ती भएको भन्दै नगर  प्रमुख विष्णु प्रसाद भुसालले पुलको बाँकी काम सम्पन्न गराउने, बाढीका कारण हुन सक्ने क्षति रोक्न र पुलबाट आवतजावत सञ्चालन गर्ने विषयमा सडक डिभिजन कार्यालय भरतपुरका प्रमुखसँग समन्वय गर्नु भएको हो ।
डिभिजन प्रमुख रमेश प्रसाद पौडेलसँग समन्वय पश्चात कावासोती नगरपालिकामा भएको छलफलमा पुलको काम सम्पन्न गराउने, यात्रु आवतजावत गर्ने बनाउने साथै बाढीका कारण हुन सक्ने क्षति रोक्न डिभिजन प्रमुख पौडेलले ठेकेदारलाई निर्देशन दिनुभएको थियो । पौडेलका अनुसार निर्माणको जिम्मा पाएको ठेकेदारले काम गर्छु भनेर भन्ने गरेको तर काम नगरिदिँदा समस्या भएको छलफलका क्रममा बताउनुभएको थियो ।

यसै गरि कावासोती नगरपालिका नगर प्रमुख विष्णु प्रसाद भुसाल सहितको टोलीले केरुङ्गे खोलाको जोखिमयुक्त क्षेत्रको निरीक्षण समेत गरेको छ ।
कावासोती नगरपालिका वडा नम्बर १५, वडा नम्बर १० , १४ सहित वडा नम्बर तीन र चारको सिमा क्षेत्रमा केरुङ्गे खोलाको सम्भावित जोखिमयुक्त क्षेत्रको निरीक्षण गरिएको हो ।
कावासोती नगरपालिका नगर प्रमुख विष्णु प्रसाद भुसाल, उप प्रमुख फूलकुमारी थनेत, प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेल, वडा नम्बर चारका वडा अध्यक्ष नारायणप्रसाद लोहनी, पाँचका वडा अध्यक्ष निरज पुन, योजना शाखा अधिकृत दिनेश भण्डारी सहितको टोलीले जोखिमयुक्त क्षेत्रको निरीक्षण गरेको हो ।
हालै लगातारको वर्षाका क्रममा आएको बाढीका कारण कटान भएको क्षेत्र र सम्भावित जोखिम बढेको स्थानमा कसरी नियन्त्रणको काम गर्न सकिन्छ भनेर  निरीक्षण गरिएको हो ।
विभिन्न क्षेत्रको निरीक्षण पश्चात जोखिम देखिएको स्थानमा आवश्यकताका आधारमा नियन्त्रणका काम अघि बढाउने नगर प्रमुख विष्णु प्रसाद भुसालले बताउनुभयो । 

 

ताजा अपडेट

खोजी गर्नुहोस