नवलपरासी । नवलपुरको गैडाकोट ९ गैरी स्थित नारायणी नदीको बीच टापुमा फेला परेको शबको पहिचान खुलेको छ । उक्त शब काठमाण्डौँ महानगरपालिका ४ का २९ वर्षिय सत्जात अन्सारी रहेको इलाका प्रहरी कार्यालय गैडाकोटका प्रहरी निरीक्षक हस्तबहादर सुनारीले जानकारी दिनुभयो ।
आइतबार विहान बालुवाले पुरि ढाड मात्र देखिएको अवस्थामा एक जना पुरुषको शव फेला परेको थियो । दलदले हिलोमा गडेको अवस्थामा शब भेटिएको थियो । थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक हस्तबहादुर सुनारीले बताउनुभयो । त्रिशुलीमा २ वटा बस खसी वेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको छ ।