नवलपुरकाे गैडाकाेट ७ गैरीस्थित नारायणी नदी किनारमा भेटिएका दुई वटा शव मध्य थप एक जनाकाे पनि सनाखत भएकाे छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पाैडेलका अनुसार उक्त शव चितवनकाे माडी नगरपालिका १ बस्ने बर्ष २२ को बिकाश परियारको रहेकाे रहेकाे पुष्टि भएकाे छ ।
बिरगञ्जबाट काठमाण्डौ तर्फ गई रहेको एन्जल लेखेको बागमती प्रदेश०३-००६ख १५१६ नं. बसमा सवार रहेको भनी मृतकको दाई बिजय परियारले सनाखत गरेको प्रहरीले जनाएकाे छ ।
अन्य दुई वटा शवकाे हिजाे नै सनाखत भएकाे थियाे।
भरतपुर– २८, गोलाघाटस्थित नारायणी नदी किनारमा भेटिएको शव गणपति डिलक्सका यात्रु भारतीय नागरिक २८ वर्षीय ऋषि पल साह र गैँडाकोट नगरपालिका– ७ स्थित नारायणी नदी किनारमा दिउँसो दुई पुरुषको शव भेटिएकोमा एउटा गणपति डिलक्सकै यात्रु ११ वर्षीय रमित माझीको रहेको पुष्टि भएको थियाे।
यसैबीच नवलपुर र पश्चिम नवलपरासी नारायणी नदी किनार आसपास प्रहरीले दुर्घटनामा परेका यात्रुहरूकाे खाेजी शुरू गरेकाे छ ।