नवलपुर । नवलपरासी पूर्व (नवलपुरमा) बारीमा उम्रेको च्याउ खादा आमाछोरी बिरामी परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेद बहादुर पौडेलले दिनुभएको जानकारी अनुसार मध्यविन्दु –३ लेडाहाका ७६ वर्षीया आशा कुमारी महतो र निजकी छोरी ४१ वर्षकी दीपा कुमारी महतोले आज दिउसो तीन बजेतिरको समयमा बारीमा उम्रेको च्याउ खाएका थिए ।
बिरामी दुबै जनाको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।