नेवाः देय दबू नवलपुरको पाँचौँ जिल्ला अधिवेशन कावासोतीमा

नेवाः देय दबू नवलपुरको पाँचौँ जिल्ला अधिवेशन कावासोतीमा

कावासोती । नेवा देय दबूका केन्द्रीय वरिष्ठ उपाध्यक्ष चन्द्रलाल राज भण्डारीले नेवार समुदायको संस्कार संस्कृति जगेर्ना गर्न जरुरी रहेको बताउनुभएको छ । आज कावासोती ३ को देवचुली नेवा गुठीमा नेवा देय दबू नवलपुर जिल्ला कार्यसमितिको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उहाँले पालिकाहरूबाट उपलब्ध हुने सहयोगबाट नेवार समुदायले संस्कार संस्कृति जगेर्ना गर्न लाग्नुपर्ने बताउनुभएको हो ।
नेपाल संवत् नेवार समुदायको मात्रै नभई सबै नेपालीको पर्व भएको उहाँको भनाई थियो । उहाँले नेपालमा मान्यता पाएको नेपाल संवत् सबै नेपालीको पर्व भएको बताउनुभयो ।
नेवा देय दबुले गाई जात्राको बिदा देशव्यापी रूपमा दिनुपर्ने भनेर आफ्नै पालामा पहल गरे पनि त्यो कार्यान्वयन हुन नसकेको तर , वाग्मती प्रदेशमा भने प्रदेश सरकारले बिदा दिन सुरु गरेको उहाँले बताउनुभयो । यसै गरी उहाँले नेपालभर जति पनि गुठीहरुको जग्गाको समस्या छन् ती समस्या समाधान गर्न सबै एकजुट भएर पहल गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेवा देय दबूका केन्द्रीय उपाध्यक्ष हरि कुमार श्रेष्ठ , कावासोती नगर प्रमुख विष्णु प्रसाद भुसाल वडा अध्यक्षहरू नेवा देय दबू नवलपुरका पालिका प्रतिनिधीहरुको विशेष आतिथ्यता रहेको थियो ।
अधिवेशनको उद्घाटन पूर्व नेवाः समुदायका भेषभुषा, धिमी बाजा, लाखे, झाँकी सहितको ¥याली निकालिएको थियो । भने उद्घाटन सत्रमा विभिन्न गुठीहरुबाट समेत सांस्कृतिक कार्यक्रम समेत भएको थियो ।

अहिले बन्द सत्र चलिरहेको जिल्ला सचिव रामकुमार श्रेष्ठले बताउनुभएको छ । बन्द सत्रमा नयाँ कार्य समिति चयनका लागि सर्वसम्मतको प्रयास जारी रहेको सचिव श्रेष्ठले बताउनुभएको छ ।
अधिवेशनले नयाँ जिल्ला समिति, प्रदेश प्रतिनिधि, केन्द्रीय प्रतिनिधि समेत चयन गर्ने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस