कावासोती । ३० औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको अवसरमा शुक्रबार नवलपुरका सबै स्थानीय तहले सार्वजनिक बिदा दिइएका छन् ।
आदिवासी जनजाति दिवसको दिन शुक्रबार जिल्लाको कावासोती , मध्यबिन्दु देवचुली र गैडाकोट नगरपालिका , बौदीकाली , हुप्सेकोट र बुलिङटार गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् ।
यहाँका स्थानीय तहले सार्वजनिक सूचना जारी गर्दै आदिवासी जनजाति दिवसको दिन शुक्रबार पालिका अन्तर्गतका सबै सरकारी, शैक्षिक संस्था तथा सार्वजनिक संस्थाहरूलाई सार्वजनिक बिदा दिइएको जनाएका छन् ।
गैडाकोट नगरपालिकाले भने १३ औँ बैठकबाट नै सङ्घ र प्रदेशले तोकेका बाहेक अतिरिक्त बिदामा अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको अवसरमा दिने निर्णय गरेको थियो ।
शुक्रबार परेको ३० औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको अवसरमा कावासोतीमा आदिवासी जनजाति अधिकारका सवाल विषयक अन्तरकृया कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय समित नवलपुर नवलपुर , नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ र नेपाल राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ जिल्ला समन्वय समित नवलपुरको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो ।