प्याब्सन नवलपुरद्वारा एसईईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान 

  • नवलपुर आज
  • २०८१ श्रावण २६, शनिबार (६ महिना अघि)
  • ३३१ पटक पढिएको
प्याब्सन नवलपुरद्वारा एसईईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान 

कावासोती । एसईईको नतिजामा जिल्लामा उत्कृष्ट अङ्क ल्याउने प्याब्सन अन्तर्गतका विद्यालयका, ३.६ जिपिए भन्दा माथि अङ्क ल्याएका १ सय ५९ जना विद्यार्थीहरूलाई आज प्याब्सन नवलपुरले सम्मान गरेको हो ।
कावासोतीमा आयोजना गरिएको सम्मान कार्यक्रममा बोल्दै उपाध्यक्ष बुढाथोकीले निजी विद्यालयहरूले देशको शैक्षिक क्षेत्रमा गरेको महत्वपूर्ण योगदानको राज्यले समेत कदर गर्नुपर्नेमा जोड दिनुभयो ।
प्याब्सन नवलपुरका अध्यक्ष दिपक रावतको अध्यक्षतामा भएको कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू सहित जिल्लामा शत प्रतिशत नतिजा दिन सफल विद्यालयहरू मुनलाइट एकेडेमी देवचुली, ब्लु स्टार बोर्डिङ स्कुल दुम्किबास र सर्दी एकेडेमी सर्दीलाई समेत सम्मान गरिएको थियो ।
त्यस्तै राष्ट्रिय मापदण्ड अनुसार नवलपुर जिल्लामै सर्वोत्कृष्ट नतिजा दिन सफल नवलपुर एकेडेमी सहित एसईईको रिजल्ट अनुसार जिल्ला दोस्रो हुन सफल विश्व ज्योति माध्यमिक विद्यालय र तेस्रो विजय सामुदायिक शिक्षा सदन गैडाकोटलाई समेत सम्मान गरिएको थियो ।
प्याब्सनका केन्द्रिय उपाध्यक्ष गोपेन्द्र केशरी न्यौपानेले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रममा प्याब्सन नवलपुरका वरिष्ठ उपाध्यक्ष भीम कँडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो भने जिल्ला उपाध्यक्ष प्रदिप बास्तोलाले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा  प्याब्सन केन्द्रिय सहकोषाध्यक्ष दिपक राज लम्साल, केन्द्रिय सचिवालय सदस्य राजेन्द्र पौडेल, केन्द्रिय सदस्य जगत प्रसाद भट्टराई लगायत प्याब्सन नवलपुरका सल्लाहकार, पदाधिकारी, प्याब्सन अन्तर्गतका विभिन्न विद्यालयका शिक्षक शिक्षिका एवं विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको सभाहलमा भएको कार्यक्रमको सहजिकरण कान्तामणी चौधरीले गर्नुभएको थियो ।
दिपेन्द्र रेग्मी

ताजा अपडेट

खोजी गर्नुहोस