नवलपरासी,पश्चिम् । पश्चिम् नवलपरासीमा धारिलो हतियार प्रयोग गरी २० बर्षिय युवकको हत्या भएको छ । पाल्हिनन्दन गाउँपालिका ५ हर्दी बस्ने रोशन भनिने सुर्य कुमार बढई घरमै सुतिरहेको अवस्थामा आईतवार राती घाँटि काटी हत्या भएको प्रहरीले जनाएको छ ।
घाँटी काटिएको मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरिएको थियो। घटनाका बारेमा प्रारम्भिक अनुसन्धान पछि शवलाई पृथ्वीचन्द्र अस्पतालमा राखिएको र यस बिषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीका सुचना अधिकारी डिएसपी रेशम बोहोराले जानकारी दिनुभयो।