बाल्मीकी आश्रम पुग्ने पैदल मार्ग निर्माण सम्पन्न / भोली उद्घाटन हुने

बाल्मीकी आश्रम पुग्ने पैदल मार्ग निर्माण सम्पन्न / भोली उद्घाटन हुने

धार्मिक तथा ऐतिहासिक स्थल बाल्मीकी आश्रम पुग्ने पैदल मार्ग निर्माण कार्य सम्पन्न भएको छ ।
नारायणी नदी माथि बनेको झोलुगे पुल तरेर नेपालकै बाटो हुँदै बाल्मीकी आश्रम पुग्नका लागि नयाँ ट्याक खोलेर पैदल मार्ग निर्माणमा त्रिवेणीका स्थानीय श्रमदानमा जुटेका थिए ।
रामायणका रचनाकार बाल्मिकीको साधनाभूमि बाल्मिकी आश्रम जाने गोरेटो बाटो बनाउन विनय त्रिवेणी गाउँपालिका वडा नं. ६ र ७ का स्थानीय श्रमदानमा जुटेर पैदल मार्ग निर्माण सम्पन्न गरेका हुन ।
त्रिवेणी धामबाट बाल्मिकी जोडने बाटो निमार्णको लागि बिनयी त्रिवेणी गाउँपालिका ६ र ७ मा पर्ने केवरानी ,शिवपुरगढी,साउमारा ,प्रसैया लगाएतका गाउँबाट दैनिक ३०÷४० जनाको टोली बाटो निमार्णमा श्रमदानमा जुटेका हुन भने केही पारिश्रमिक दिएर कममा लगाइएको वडा नम्बर ६ का सदस्य विष्णु प्रसाद चौलागाइँले बताउनुभयो ।
लब कुशले घोडा बाँधेको ,सीता पाताल भएको र बाल्मिकीको आश्रम रहेको ऐतिहासिक स्थल नेपाली भूमिमा भएर पनि भारतीय भूमि भएर जानु पर्ने बाध्यताका कारण श्रमदानमा जुटेको उहाँले बताउनु भएको छ ।
चितवन जिल्लाको माणी नगरपालिका वडा नं. १ मा पर्ने चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको बाल्मिकी आश्रम सम्म जाने नेपालबाट कुनै पनि बाटो नभएको र माडीवासीलाई कुनै चासो नगरेपछि आफूहरूले गत असार ११ गतेबाट त्रिवेणी धामबाट बाल्मिकी जोडने गोरेको बाटो निमार्णको थालनी गरेको त्रिवेणी गजेन्द्रमोक्ष दिव्य धामका कृष्ण स्वामिले बताउनु भएको छ ।
सवारी साधन गुड्न मिल्नेगरि जेसिबी लगायतका मेसिनरी प्रयोग गरेर सडक सञ्जालले बाल्मिकी आश्रमलाई जोड्ने योजना रहेको भएपनि भारतले मेसिनरी सामान लैजान बाटा नदिएपछि स्थनीय श्रमदानमै जुटेर पहँच मार्ग निर्माण गरेको बिनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो ।

वाग्मती सरकारले गत आवमा पहुँच मार्गका लागि छुट्टाएको २० लाख बजेट बिनियोजन गरेको थियो । झोलुङ्गे पुलको पुर्वी मुख देखि वाल्मीकि आश्रम सम्म पहुँच मार्ग र पुलको पुर्वी मुखमा सेनाको चेक पोस्ट बनाउने गरि ओम निर्माण कम्पनीले वैशाख २५ सम्झौता गरेर वैशाख २६ गते निकुञ्जबाट कार्यादेश समेत लिएको थियो । तर जेसिबी लैजान भारतको वाल्मीकि टाईगर रिजर्भको वन क्षेत्रको बाटो प्रयोग गर्ने अनुमति भारतिय पक्षले नदिदाँ बजेट फ्रीज भएको थियो । भारतीय पक्षले अनुमती नदिएको इखमा स्थानीय तह समेतको समन्वयमा स्थानीय बासिन्दाले श्रमदान गरेर पैद्यल मार्ग निर्माण गर्न सफल भएको अध्यक्ष गिरीले बताउनुभयो ।
त्रिवेणी धाम नजिकै २ वर्ष पहिले नदीमा निर्माण गरिएको झोलुङे पुलबाट करिव ३ किलो मिटरको दूरीमा रहेको बाल्मिकी आश्रम जान चितवन राष्ट्रिय निकुञ्जको सहमति पाएपछि अहिले पैदल मार्ग खनिएका गजेन्द्रमोक्षा दिव्य धाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्रस्वर भुसालले बताउनुभयो । भोलि सोमबार उक्त बाटो उद्घाटन गर्ने र त्रिवेणीबाट बाल्मीकी आश्रमसम्म पैदलयात्रा गर्ने कार्यक्रम रहेको छ ।
भुसालका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका सांसद , स्थानीय श्रद्धालु तथा सरोकारवाला निकाय सबैलाई खबर गरिएको र करिव १५ सय जना पैदलयात्रामा सहभागि हुने उहाँले बताउनुभयो । नारायणी माथिको झोलुङ्गे पुलमा रिबन काटेर कलशयात्रा सहित कार्यक्रम गर्ने तयारी भएको भुसालले बताउनुभएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस