सरल नेपाल बौदीकालीको अध्यक्षमा पाण्डे

  • नवलपुर आज
  • २०८१ भाद्र २, आईतबार (१० महिना अघि)
  • १५४ पटक पढिएको
सरल नेपाल बौदीकालीको अध्यक्षमा पाण्डे

सम्राट पाण्डे, डेढगाउँ  ।  सरल नेपाल बौदीकालीको अध्यक्षमा सम्राट पाण्डे चयन हुनुभएको छ ।
नवलपुरको बौदीकाली गाउँपालिकामा आयोजना गरिएको कमिटी बिस्तार कार्यक्रमबाट बबिता गाह र रञ्जिता कंडेल उपाध्यक्ष , समित परियार सचिव , साइष्मा सोती सहसचिव , आश्मा घर्ती कोषाध्यक्षमा चयन हुनुभएको छ भने , सदस्यहरूमा लक्ष्मण डोटेल , ममता खत्री , सुरज श्रेष्ठ , हरि परियार , र नवीन विश्वकर्मा चयन हुनुभएको छ ।
सरल नेपाल संस्थाका केन्द्रिय अध्यक्ष मनिष पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा सरल नेपाल नवलपुर जिल्लाका संयोजक समीर लामिछाने र बौदीकाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मेघ बहादुर ठाडा , होटेल व्यवसायी सङ्घ बौदीकालीका अध्यक्ष नारायण श्रेष्ठ, बौदीकाली गाउँपालिका – एकका वडा सदस्य रबिन्द्र राज कंडेल र कालीगण्डकी युवा क्लबका अध्यक्ष मनोज कंडेल , होटेल व्यवसायी सङ्घ बौदीकालीका सचिव सुरज कार्की , सरल नेपाल संस्थाका केन्द्रिय सदस्य दिपेन्द्र अधिकारी र रूपक घिमिरे लगायतको आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सरल नेपाल केन्द्रिय अध्यक्ष पौडेलले सरल नेपाल संस्थाले वि. सं. २०७३ सालदेखि विभिन्न तालिम प्रदान गर्दै आइरहेको बताउनुभयो । र आधिकारिक रुपमा वि. सं.२०७८ सालदेखि काम गरेकोे बताउनु भयो । पौडेलले सरल नेपाल कार्यक्रमले प्रमुखत ः देशमै स्वरोजगार बनाउने उद्देश्यले युवाको क्षेत्रमा काम गर्ने र बौदीकालीको हकमा कृषि क्षेत्रमा अलि समस्या देखिएको र धेरै जनशक्ति कृषि पेशामा नै आबद्ध रहेको हुनाले कृषकलाई विभिन्न प्रकारका तालिम दिने र बजारीकरणको पनि समस्या देखिएको हुनाले बजारीकरणको समस्या पनि समाधान गर्ने उहाँले जानकारी दिनुभयो ।
उहाँले अब केही महिनामै बौदीकालीका विभिन्न विद्यालयहरूमा व्यक्तित्व विकास तालिम सञ्चालन गर्ने प्रतिबद्धता पनि जाहेर गर्नु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नवलपुर जिल्ला सरल नेपालका संयोजक समीर लामिछानेले सरल नेपाल संस्था मात्र नभइ यो एउटा अभियान रहेको बताउनुभयो । यो अभियान अन्तरगत कुन क्षेत्रमा कस्तो किसिमको आवश्यकता पर्छ त्यहाँ त्यस्तै किसिमको तालिम सञ्चालन गर्ने र दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य रहेको बताउनुभयो । लामिछानेले सरल नेपाल कार्यक्रम भर्खरै मात्रै नवलपुर जिल्लामा प्रवेश गरेको हुनाले केही समय सङ्गठनको कार्यक्रम अगाडि बढाउने र जिल्ला सङ्गठन भए लगत्तै विभिन्न तालिमहरूले सुरुवात गर्ने प्रतिबद्धता पनि जाहेर गर्नु भयो ।
कार्यक्रममा बोल्दै होटेल व्यवसायी सङ्घ बौदीकालीका अध्यक्ष नारायण श्रेष्ठले सरल नेपाल संस्था बौदीकालीमा प्रवेश गरेकोमा अत्यन्तै खुसी लागेको र यो संस्थाले बौदीकालीलाई स्वरोजगारतर्फ लैजान मद्दत गर्ने र आफू संस्थालाई हरबखत सहयोग गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै सरल नेपाल बौदीकालीका नव निर्वाचित अध्यक्ष पाण्डेले सरल नेपाल संस्थामा जोडिएर बौदीकालीको प्रतिनिधित्व गर्दै अध्यक्ष पदमा सर्वसम्मत चयन हुने अवसर दिएकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले बौदीकालीको विकास र युवाको क्षेत्रमा हुने हरेक काममा आफू दिनरात नभनी लागि पर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
पाण्डेले बौदीकालीमा कुन कुराको समस्या छ ती कुराहरू पहिचान गरि त्यसलाई समाधानको पक्षमा लैजाने र अबको केही महिनामै व्यक्तित्व विकास तालिम र कृषि सम्बन्धी विभिन्न तालिम सञ्चालन गर्ने उहाँले बताउनु भयो ।
उहाँले नवलपुरका चार पालिका मध्ये बौदीकालीलाई सरल नेपालले कामको आधारमा अंक दिएको बेला प्रथम स्थानमा पुर्याउने कोसिसमा आफू लाग्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस