अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा देवचुलीमा वक्तृत्वकला प्रतियोगिता

  • नवलपुर आज
  • २०८१ श्रावण २८, सोमबार (६ महिना अघि)
  • १२८ पटक पढिएको
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा देवचुलीमा  वक्तृत्वकला प्रतियोगिता

राजु चापागाई  , देवचुली ।  देवचुली नगरपालिकामा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजनामा अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता जन ज्योति माध्यमिक विद्यालयको सभाहलमा गरिएको हो ।
देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिका अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षतामा भएको वक्तृत्वकला प्रतियोगितामा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्माको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि देवचुली नगरपालिकाका प्रवक्ता तिलप्रसाद काफ्ले, शिक्षा शाखा प्रमुख रामप्रसाद शर्मा, देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटा, देवचुली नगरपालिकाका बालमैत्री परामर्शदाता खिमानन्द भुसाल लगायत नगर भित्रका विद्यालयका शिक्षक, विद्यार्थीको उपस्थिति रहेको थियो ।

ञयुवा, सीप र स्वरोजगार समृद्ध नगर निर्माणको आधारझ भन्ने शिर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा देवचुली नगरपालिकाका १३ माध्यमिक विद्यालयका सहभागिता रहेको थियो । प्रतियोगितामा वाईज भिजन माध्यमिक विद्यालयका प्रिस्किला बराम प्रथम, जन ज्योति माध्यमिक विद्यालयका प्रशंसा काफ्ले द्वितीय, नेपाल नमुना माध्यमिक विद्यालयका सुदीप पोख्रेल तृतीय भएका छन् । प्रतियोगिता प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई क्रमशः नगद ६ हजार, ४ हजार र २ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको हो
प्रतियोगितामा देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिका सदस्य ढुण्डिराज केसीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सो प्रतियोगिताको सहजीकरण आयोजक संस्थाका सचिव प्रकाश काफ्ले गर्नुभएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस