शालीकराम भट्टराई । बैदेशीक रोजगारीमा रहेका स्थानीय युवा र स्थानिय बासिन्दाको सकृयता र जनश्रमदानमा मध्यबिन्दु ३ ब्रमस्थानमा प्रबेशद्वार बन्ने भएको छ ।
प्रबेशद्वार निर्माणका लागि बिमला श्रेष्ठको संयोजकत्वमा “ब्रम्हस्थान चोक गेट निर्माण समिती” निर्माण गरिएको छ । जसको सचिबमा पार्बती रिजाल, कोषाध्यक्षमा गङा रानाभाट र सदस्यहरुमा गिता कुमाल, बिष्णु गैरे, राधीका रेग्मी, सरस्वती गैरे रहेका छन ।
बैदेशीक रोजगारीमा रहेका युवा र स्थानीय बासिन्दाको आर्थीक सहयोग, सकृएता र जनश्रमदानबाट प्रबेशद्वार निर्माण गर्न लागीएको समितीका सम्योजक बिमला श्रेष्ठले जानकारी दिनुभयो।
प्रबेशद्वार निर्माण भएपछि ब्रम्हस्थानमा छुट्टै रौनक थपिने स्थानीय बुद्धीजिबी युवा सुबास नेपालले बताउनुभयो । नारायणी नदिको मनोरम दृश्य, बनभोज स्थल, संगै निर्माणाधिन अवस्थामा रहेको भ्यू टावरमा आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने अपेक्षा समेत आफुले लिएको सुबास नेपालले बताउनुभयो ।
स्थानीय रुपमा सन्चालीत साझा चौतारी ग्रुप (सामीजिक सन्जाल) मा छलफल भइ गेट निर्माण गर्ने निर्णय गरिएको साझा चौतारीका एडमिन मित्र पौडेलले बताउनुभयो । साझा चौतारी ग्रुपमार्फत नै छलफल भै बिगतमा समेत आर्थीक संकलन गरि बिभिन्न समस्यामा परेका स्थानीयलाइ सहयोग गर्दै आइरहेको र आगामी दिनमा समेत ग्रुपले यो कार्यलाई निरन्तर दिने एडमिन मित्र पौडेलले बताउनुभयो ।