कावासोती । रेखा के सी अधिकारीको नेतृत्वमा विनयी त्रिवेणी सहकारी समवन्य मञ्च गठन भएको छ ।
इस्तै समवन्य मञ्चको उपाध्यक्षमा तुलसी गिरी, सचिवमा सीता गहतराज, कोषाध्यक्षमा विष्णु जि सी चयन हुनुभएको छ भने , सदस्यहरुमा विकास जिसी ,शान्ति खड्का, विष्णु कुमार श्रेष्ठ र विष्णु प्रसाद न्यौपाने गरी नौ सदस्यीय मञ्च गठन गरिएको हो ।
विनयी त्रिवेणी गाउँ पालिकाको आयोजनामा कार्यक्रम भएको हो ।
गाउँपालिका अध्यक्ष घनश्याम गिरीको अध्यक्षतामा आयोजित सहकारी संस्थाहरूको भेलाबाट विनयी त्रिवेणी सहकारी समवन्य मञ्च गठन गरिएको जिल्ला सहकारी संघ लिमिटेडका सचिव श्यामसुन्दर लामिछानेले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले सहकारी अभियानलाई अझै ससक्त बनाउनको लागि समवन्य मञ्चको गठनले अझै फराकिलो दायरा लिने विश्वास लिएको धारणा राख्दै सर्वसम्मत रूपमा गठित मञ्चलाई बधाई एवम् शुभकामना दिनु भएको थियो । जिल्ला सहकारी संघ लि. र जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का पदाधिकारीहरुबाट सर्बसम्मत समवन्य मञ्चलाई बधाई एवम् सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।
कार्यक्रममा पालिका उपाध्यक्ष भगवती वैदवार क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत सुमन पंडित, पालिका सहकारी अधिकृत याम प्रसाद शर्मा पौडेल, जिल्ला सहकारी संघ लि . अध्यक्ष तिलक प्रसाद पराजुली, उपाध्यक्ष तुलमणि पौडेल, सचिव श्यामसुन्दर लामिछाने एवम् जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष बद्रीनाथ नेपाल, संचालक सीता गहतराज लगायतका आतिथ्यता रहेको थियो । कार्यक्रममा सहकारी अधिकृत याम प्रसाद शर्मा पौडेलले सहजीकरण गर्नुभएको थियो ।