उज्ज्वल ओझाको नेतृत्वमा सहकारी समन्वय मञ्च पुनर्गठन

  • नवलपुर आज
  • २०८१ माघ ५, शनिबार (३ हप्ता अघि)
  • १२७ पटक पढिएको
उज्ज्वल ओझाको नेतृत्वमा सहकारी समन्वय मञ्च पुनर्गठन

डेढगाउँ , माघ ५  । बौदीकाली गाउँपालिकामा रहेका सहकारीहरूको प्रशिक्षण एवम् अन्तरक्रिया कार्यक्रम शनिवार ( आज ) सम्पन्न भएको छ ।
कृष्ण गण्डकी साकोस, बौदीकालीको आयोजना तथा जिल्ला सहकारी सङ्घ लिमिटेडको सहजीकरणमा कार्यक्रम भएको हो ।
कार्यक्रम कृष्ण गण्डकी साकोसका अध्यक्ष उज्ज्वल ओझाको अध्यक्षतामा तथा बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा पालिका अध्यक्ष ओझाले जिल्ला सहकारी सङ्घले गरेको कामको प्रशंसा गर्दै सहकारी संस्थालाई अगाडी बढाउन आफू सदैव सकारात्मक रहेको बताउनुभयो । यस्तै कार्यक्रमका विशेष अतिथि पालिकाका सहकारी शाखा प्रमुख इन्दु परियारले सहकारीको विकासका लागि पालिका सधैँ जिम्मेवार र सहयोगी रहेको बताउनुभयो ।   
कार्यक्रमका जिल्ला सहकारी सङ्घ लिमिटेडका अध्यक्ष तिलक प्रसाद पराजुली, सचिव श्यामसुन्दर लामिछानेले प्रशिक्षणको सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला सहकारी सङ्घ लिमिटेडका सञ्चालक ऋषि राम पौडेल समेतको उपस्थितिमा सम्पन्न अन्तरक्रियामा सञ्चालकहरूको क्षमता अभिवृद्धि र सरकारले ल्याएको अध्यादेशले ल्याएका विविध पक्षहरूको बारेमा अन्तरक्रिया छलफल गरिएको थियो ।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव मेघ बहादुर ठाडाले गर्नु भएको थियो ।
कार्यक्रमको समापन पश्चात् बौदीकाली सहकारी समन्वय मञ्चको पुनर्गठन समेत गरिएको छ । जसको अध्यक्षमा उज्ज्वल ओझा, उपाध्यक्षमा दुर्गा पाण्डे, सचिवमा इन्दिरा भण्डारी, कोषाध्यक्षमा सुन बहादुर सारू र सदस्यहरूमा दण्डपाणि, टोपमाया थापा,दुमीसरा गाहा,राम प्रसाद कँडेल र यादव प्रसाद ओझा रहनु भएको छ । नवनिर्वाचित पदाधिकारी र सञ्चालकहरूलाई सङ्घका अध्यक्ष र सचिवले बधाई र सफल कार्यकालको शुभकामना दिनु भयो ।

ताजा अपडेट

खोजी गर्नुहोस