गण्डकी प्रदेश स्तरीय कृषि पत्रकारिता तालिम शुरू

  • नवलपुर आज
  • २०८१ आश्विन १६, बुधबार (६ महिना अघि)
  • ३१३ पटक पढिएको
गण्डकी प्रदेश स्तरीय  कृषि पत्रकारिता तालिम शुरू

पोखरा , १६, असोज । कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र गण्डकी प्रदेश, पोखराले ३ दिने कृषि पत्रकारिता सम्वन्धि तालिम शुरु गरेको छ कृषिको क्षेत्रको विस्तार, समाचार संकलन र सम्र्पेषण गर्न सहयोग पुर्‍याउने उद्देश्यका साथ गण्डकी प्रदेश अन्तरगत रहेका जिल्ला भित्रका कृयाशिल करिव ३० जना पत्रकारहरु लाई सो तालिम दिइएको हो ।तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेशिकी भुमि ब्यवस्था तथा कृषि मन्त्री पदमा जि सीले कृषिवाट नै रोजगार सृजना गर्नु पर्ने, कृषिलाई समृद्धीको आधार मानेको हुँदा कृषिको व्यवसायीकरण र आधुननिकिरणमा तालिमले सहयोग पुर्‍याउने बताउनु हुदै तालिमबाट ग्रामिण पत्रकार उत्पादन गर्ने र उनीहरु मार्फत गाउँका कृषि सम्बन्धि गतिविधि, कृषकका कुरा र गाउँपालिकाका गतिविधिहरुको बारेमा सन्चार माध्यम मार्फत जिल्ला एवं प्रदेश बासीलाई जानकारी दिलाईने र समग्र कृषि क्षेत्रको विकासमा जोड दिन सहभागी पत्रकार कलम चलाउन र कृषकलाई कृषि सम्बन्धी कतिपय कुराहरू धेरैलाई थाहा नहुने भएकोले पत्रकारहरूको माध्यमबाट जनस्तरसम्म जानकारी दिनका लागि पत्रकारहरूलाई तालिम दिइएको मन्त्री श्रेष्ठ जोड रहेको थियो साथै वहाँले ‘यो तालिमबाट यहाँका पत्रकारहरूलाई कृषि क्षेत्रमा कलम चलाउन पक्कै पनि सहज हुनेछ । यसमा म पूणर् विश्वस्त छु’ वहाको जोड रहेको थियोसोही अवसरमा कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र गण्डकी प्रदेशका निमित्त कार्यालय प्रमुख निलकण्ड पोखरेलले खोज पाठशाला, खाँचो कृषि पत्रकारिताको, कृषि विकासमा आम संचार र कृषि पत्रकारिताको महत्वपूणर् भुमिका हुनाले तालिममा आधारभुत पत्रकारिताको ज्ञान, समाचार लेखन, पत्रकार आचार संहिता, कृषि क्षेत्रको समाचार संकलन, ग्रामिण पत्रकारिता लगायतको विषयमा वहाँको जोड रहेको थियो ।

तलिममा कृर्षि विकास निर्देशनालयका महानिर्देशक वासुदेव रेग्मी र कृषि विज्ञ कुलराज चालिसे, अनिल सुवेदी, खोज पाठशालाको तर्फबाट पत्रकार रामचन्द्र वराल, कृषि ब्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र गण्डकी प्रदेशका निमित्त कार्यालय प्रमुख निलकण्ड पोखरेलले सहजिकरण गर्नु ह्ुने भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस