कावासोतीमा कृषि उपकरणको भाडादर तोकियो

कावासोतीमा कृषि उपकरणको भाडादर तोकियो

कावासोती ।  कावासोती नगरपालिका भित्र कृषि काममा प्रयोग गर्ने कृषि उपकरणको भाडादर तोकिएको छ ।

सरोकारवाला सबै पक्षको सहभागितामा बिहीबार नगरपालिकामा बसेको बैठकले खेत जोत्न प्रयोग गर्ने कल्टी (हलो ) प्रतिघण्टा २३ सय , रोटाभेटर प्रतिघण्टा २५ सय, थ्रेसर प्रतिघण्टा २४ सय र धान काट्ने मेसिन प्रतिघण्टा १५ सय रुपैयाँ दररेट कायम गरिएको कावासोती नगरपालिका वडा नम्बर तीनका अध्यक्ष एवम् नगर प्रवक्ता डोरमान गिरीले जानकारी दिनुभयो ।

वडा अध्यक्षहरू , कृषि ज्ञान केन्द्र , कृषि आधुनिकीकारण परियोजना , किसानसँग सम्बन्धित विभिन्न सङ्घसंस्था , ट्याक्टर व्यवसायी , उद्योग वाणिज्य सङ्घ , उपभोक्ता हकहित संरक्षण मञ्च लगायतका सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिको सहभागितामा बैठक बसेको थियो । बैठकमा सहभागि सबै सरोकारवालाको सहमतिबाट नै दररेट कायम गरेको कावासोती कृषि शाखा प्रमुख शिव नारायण कुमालले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षका लागि लागू हुनेगरि कावासोती नगरपालिकाभित्र, कृषि उपकरणको भाडा दररेट कायम गरिएको नगर उपप्रमुख फूल कुमारी थनेतले बताउनुभयो । कृषक र व्यवसायी दुबै पक्षलाई मर्का नपरोस् र कृषि उपकरण प्रयोग गर्दा भाडादरमा एकरूपता कायम होस् भन्नका लागि पालिकाले सरोकारवाला सबै पक्षको राय सुझाव अनुसार भाडादर कायम गरेको उपप्रमुख थनेतले बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलको उपस्थितमा नगर उपप्रमुख फूल कुमारी थनेतको अध्यक्षतामा बैठक बसेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस