कावासोती । नवलपुर एफएमले भदौ १० गते राष्ट्रिय भजन प्रतियोगाीता, शंखध्वनि प्रतियोगिता र विद्यालय स्तरीय तिज गीत प्रतियोगाीता गर्ने भएको छ ।
श्री कृष्ण जन्माष्टमीको अवसर पारेर नवलपुर एफ एम १०४.७ मेगाहर्ज र पत्रकार तिर्थराज भुसाल स्मृति ट्रष्टको संयुक्त आयोजनामा प्रतियोगित हुन लागेको हो । भजन,शंखध्वनि र विद्यालय स्तरिय तिज गीत प्रतियोगिता कृष्ण जन्माष्टमी दिन भाद्र १० गते सोमबार हुदैछ ।
कला, धर्म, संस्कुति संरक्षण गर्ने उद्धेश्यले हरेक वर्ष जस्तै यो वर्ष पनि श्री कृष्ण जन्माष्टमी उत्सव गरेर प्रतियोगिता गर्न लागिएको पत्रकार सम्मेलन गरी एफ एम का अध्यक्ष नारायण शर्माले जानकारी दिनुभयो ।
एफएम को ११औं वार्षिक उत्सवको उपलक्षयमा धर्म, संस्कृति संरक्षणको लागि भजन प्रतियोगाीता, सवारी दुर्घटना एवं अकालमा ज्यान गुमाउनेहरुको मोक्ष प्राप्तिको लागि शंखध्वनि प्रतियोगाीता र महिला दिदिबहिनीहरुको सम्मानका लागी विद्यालय स्तरीय तिज गीत प्रतियोगाीता गर्न लागिएको एफएमकी कार्यकारी निर्देशक राधिका भुसालले जानकारी दिनुभयो ।
भजन प्रतियोगीता र विद्यालय स्तरिय तिज गीत प्रतियोगाीता समुहमा र शंखध्वनि प्रतियोगीता व्यक्तिगत रुपमा सहभागी हुन पाउने आयोजकले जनाएको छ । भजन प्रतियोगाीता र शंखध्वनि प्रतियोगाीतामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरिने र तिज गीत प्रतियोगाीतामा आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाइएको छ । कार्यक्रम नवलपुर एफएमको प्राङगणमा हुनेछ । सहभागी हुन इच्छुक समुह र व्यक्तिले नवलपुर एमएमा सम्पर्क गर्न सकिने आयोजकको भनाइ छ ।