अब हप्ताको सातै दिन बजार खुल्ने

  • नवलपुर आज
  • २०८१ भाद्र ४, मंगलबार (९ महिना अघि)
  • २९६ पटक पढिएको
अब हप्ताको सातै दिन बजार खुल्ने

कावासोती । हरेक हप्ताको शुक्रबार बजार बन्द हुँदै आएकोमा अब देखि ठुली एकादशी सम्म साताको सातै दिन व्यापारिक  फर्महरु खुल्ने भएको छ ।
नवलपुर उद्योग वाणिज्य सङ्घको आज सम्पन्न बैठकले साताको सातै दिन व्यापार सञ्चालन गर्ने निर्णय गरेको नवलपुर  उद्योग वाणिज्य सङ्घका महासचिव सागर पोख्रेलले जानकारी दिनुभयो ।
नेपालिहरुको पर्व शुरु भए सँगै बजारमा चहलपहल बढ्ने र चाडपर्व सँगै व्यापार व्यवसाय समेत मन्दी हुने गरेकोले नवलपुर उद्योग वाणिज्य सङ्घले विगत देखिनै चाडपर्व नजिकिय सँगै साताको सातै दिन बजार खोल्ने गरेकाले जनै पूर्णिमा सँगै सातै दिन व्यापार व्यवसाय सञ्चालन गर्ने निर्णय गरेको  नवलपुर उद्योग वाणिज्य सङ्घ  महासचिव पोख्रेलले बताउनुभयो ।
चाडपर्व शुरु सँगै सातै दिन सञ्चालनमा रहने व्यापार– व्यवसाय छठ र ठुलो एकादशीको समाप्ति सँगै हरेक शुक्रबार बजार बन्द रहने निर्णय भएको    बताउनुभयो ।
यस्तै बैठकले नवलपुर  नवलपुर   सङ्घमा आवद्ध भएको व्यापारीहरूलाई सङ्घको सिफारिसमा चितवनमा रहेको भरतपुर सेन्ट्रल हस्पिटलमा उपचार गर्दा उपचार सेवामा ४० प्रतिशत, अस्पतालको फार्मेसीमा ७ प्रतिशत, इमर्जेन्सी र ओपिडीमा समेत छुटको व्यवस्था लिने सम्झौतालाई अनुमोदन गरेको संस्थाका अध्यक्ष बैकुण्ठ अर्यालले  बताए ।
उद्योग वाणिज्य संघमा आवद्ध व्यवसायीहरूलाई आर्थिक सहयोग पुग्ने हिसाबले चितवनको भरतपुर सेन्ट्रल हस्पिटलमा सग सम्झौता भएको बताउनु भयो । संस्थामा आवद्ध कुनैपनि व्यापारी बिरामी भएमा संस्थाको    सिफारिस पत्र सहित उपचार गर्न गएमा उपचारमा ४० प्रतिशत सम्म छुटको व्यवस्था भएको अध्यक्ष अर्यालले बताउनुभयो । स्वास्थ्य सेवा सम्झौता अवधि भने २०८४ चैत्र मसान्त सम्म लागु रहने समेत अध्यक्ष अर्यालले बताउनुयो ।

ताजा अपडेट

खोजी गर्नुहोस