कावासोती । नवलपुर सेवा समाज, युएईले यस वर्षको हरितालिका तीजको अवसर पारेर “नवलपुर तिज सांस्कृतिक कार्यक्रम २०८१” को आयोजना गर्ने भएको छ ।
“आर्थिक विपन्न विद्यालय सहयोग अक्षय कोष निर्माणार्थ” उक्त कार्यक्रम गर्न लागिएको संस्थाका अध्यक्ष गोपाल पराजुलीले जानकारी दिनुभयो । नवलपुर सेवा समाज, युएईले मुलुकमा भैपरी आउने दैवी प्रकोप र स्वास्थ्य शिक्षा तथा यूएईमा मानवीय सेवाका कार्यमा सकृय रहेर काम गर्दै आएको उहाँले बताउनुभयो । विभिन्न सङ्घ संस्थाहरूसँग आपसी, सहयोग र भ्रातृत्वको सम्बन्ध कायम गर्दै नवलपुर जिल्लामा मात्रै नभइ सिङ्गो मुलुकको विकासमा सारथी बन्ने प्रयास नवलपुर सेवा समाज युएईले गरिरहेको र त्यस्तै कार्यलाई निरन्तरता दिनका लागि हरितालिका तीजको अवसर पारेर “आर्थिक विपन्न विद्यालय सहयोग अक्षय कोष निर्माणार्थ” सांस्कृतिक कार्यक्रम गर्न लागिएको अध्यक्ष पराजुलीले बताउनुभयो ।
कार्यक्रममा मुख्य आकर्षणका रुपमा ;राष्ट्रिय गायक रमेश राज भट्टराई र राष्ट्रिय गायिका सम्झना लामिछाने मगर रहने उहाँले बताउनुभयो । कार्यक्रम २५ अगष्ट २०२४ मा याक एण्ड यती एभरेष्ट क्लब रेष्टेड एण्ड बारमा दिनको एक बजेदेखि सुरु हुने उहाँले जानकारी दिनुभयो ।
त्यसबाहेक अन्य स्थानीय कलाकार समेतको प्रस्तुती रहने उहाँले बताउनुभयो ।
सामाजिक कामका लागि गर्न लागिएको कार्यक्रम भएकाले कयुएईमा रहेका सम्पूर्ण नेपालीहरूलाई सहभागि हुन र साथ सहयोग गर्न समेत उहाँले आग्रह गर्नुभएको छ ।