मुलुकी देवानी संहिता दिवसको अवसरमा जिल्ला अदालत नवलपुरमा वृक्षरोपण

  • नवलपुर आज
  • २०८१ भाद्र १, शनिबार (९ महिना अघि)
  • ३२९ पटक पढिएको
मुलुकी देवानी संहिता दिवसको अवसरमा जिल्ला अदालत नवलपुरमा वृक्षरोपण

जिल्ला अदालत नवलपुर परिसरमा वृक्षरोपण गरिएको छ ।
मुलुकी देवानी संहिता दिवसको   अवसरमा नवलपुर जिल्ला अदालत बार इकाईले शनिबार  जिल्ला अदालत परिसरमा विभिन्न जातका बिरुवा रोपेको हो ।
जिल्ला अदालतका न्यायाधीश कमल प्रसाद ज्ञवालीको प्रमुख आतिथ्यमा वृक्षरोपण कार्यक्रम भएको हो ।
बारले बिभिन्न   दिवसमा कार्यक्रम गर्दै आइरहेकोमा यस  वर्ष मुलुकी देवानी संहिता दिवसका अवसरमा बिरुवा रोपेर मनाइएको बारका अध्यक्ष चेत प्रसाद शर्माले जानकारी दिनुभयो ।
कार्यक्रममा बारका पदाधिकारी, पूर्व अध्यक्षहरू, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस