नवलपुर — पूर्व-पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दाउन्ने सडक चार दिनपछि दुईतर्फी रुपमा संचालनमा आएको छ ।
साउन २८ गते भासिएको स्थानमा पहाड काटेर सडक चौडा गर्नेक्रममा सोमबारदेखि एकतर्फी रहेको सडक बिहीबार साझबाट दुईतर्फी संचालनमा आएको हो । सडक चौडा गर्नका लागि दाउन्ने पहाडको माटो काट्दा यातायात एकतर्फी चलाइएको थियो ।
सडक एकतर्फी हुँदा घण्टौसम्म जाममा परेका सवारी अहिले गन्तव्यतर्फ सहज तरिकाले लागेको जिल्ला प्रहरी कार्यालयका डीएसपी वेदबहादुर पौडेलले बताए । बुटवल-नारायनगढ सडक विस्तारको क्रममा खनिएको खाडल र डाइभर्सनको कारण यो सडकको यात्रा कष्टकर बनेको छ ।
अघिल्लो वर्ष भासिएको सडक समयमा मर्मत नहुँदा साउन २८ गते सोही स्थानमा फेरि भासिँदा यातायात संचालनमा कठिनाइ हुँदै आएको थियो । कान्तिपुर