दाउन्नेमा सडक मर्मत आजलाई रोकियो, भोलि विहान फेरि शुरु गरिने

  • नवलपुर आज
  • २०८१ श्रावण ३०, बुधबार (५ महिना अघि)
  • १७९ पटक पढिएको
दाउन्नेमा सडक मर्मत आजलाई रोकियो, भोलि विहान फेरि शुरु गरिने

नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेमा भासिएका सडक मर्मत कार्य आज पनि सकिएको छैन । हिजो विहान पहिरो गएर भासिएपछि एकतर्फी भएको सडक फराकिलो बनाएर दुई तर्फी खुलाउनका लागि हिजोबाट नै सडकमा आवतजावत बन्द गरेर काम गरिएको थियो ।

सडक मर्मत कार्य आज पनि नसकिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए । उनका अनुसार भोलि विहान ८ बजेबाट फेरि मर्मत कार्य हुने छ । हिजो दिनभर सडक अवरुद्ध गरेर मर्मत गरिएको थियो भने आज १÷१ घण्टामा जाम भएको सवारी साधन पास गर्दै काम गरिएको थियो

भोलि विहानबाट शुरु गरेर भोलि दिउँसोसम्ममा काम सकेर दिउँसोबाट पूर्ण रुपमा सडक सञ्चालनमा आउने सक्ने प्रहरी नायव उपरीक्षक पौडेलले बताए

राति भने एकतर्फी रुपमा सवारी साधन पूर्ण रुपमा सञ्चालनमा ल्याउने गरेको पौडेलले बताए । लामो रुटमा चल्ने रात्री वसहरुलाई सास्ती हुन सक्ने भएकोले राति भने काम नगरिएको उनले बताए ।

आज विहान मात्रै सोही ठाउँमा पानीले लेदो सहितको पानी बन्दा विहान ५ बजेदेखि साढे ९ बजेसम्म सडक पूर्ण रुपमा बन्द भएको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस